प्रचण्डको जवाफले नेताहरुको चित्त बुझेन, थप प्रष्ट पार्न नेकपा बैठक स्थगित ! « Khabarhub

प्रचण्डको जवाफले नेताहरुको चित्त बुझेन, थप प्रष्ट पार्न नेकपा बैठक स्थगित !


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका बारेमा स्थायी कमिटीका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् ।

६ दिनदेखि पार्टी कार्यालयमा जारी नेकपाको स्थायी कमिटीको शनिवार(आज) बसेको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जवाफ दिने क्रममा प्रचण्डले स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता प्रदान गर्न र तीनै तहको सरकारलाई प्रभावकारी बनाइ देशलाई सही दिशामा अघि बढाउने मद्दत पुगेको विचार राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रचण्डले बैठकमा विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयहरुसमेत राखेका थिए । यस्तै विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाहरुका बारेमा महासचिव विष्णु पौडेलले जवाफ दिएका थिए ।

प्रचण्ड र पौडेलले जवाफ दिएपनि केही स्थायी कमिटी सदस्यहरुले फेरि प्रश्न उठाएका थिए । ती प्रश्नहरुबारे पनि दुबै नेताले जवाफ दिएपनि प्रश्नबारे थप प्रस्ट पार्नुपर्ने देखिएकाले स्थायी कमिटी बैठक भोलि बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

। प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रुपमा पारित गर्नेकाम भोलिको बैठकबाट गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । स्थायी कमिटिको अर्को बैठक भोलि ११ बजे बस्नेछ ।

अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे चित्त बुझ्दो जवाफ नआएका कारण र केही निर्णय गर्न नसकेका कारण बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।

‘एमसीसी केही पनि होइन् भनेर परराष्ट्र मन्त्रीले भन्नु भयो’, बैठकपछि पत्रकारसँग कुरा गर्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘तर, साथीहरुको त्यसमा चित्त बुझेन त्यसैले थप छलफल गर्नुपर्छ भन्ने कुरा आएपछि भोलि फेरि बैठक बस्ने भएको छ।’

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ६ : १२ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न