सुशासन स्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्नुस् : मुख्यमन्त्री राई « Khabarhub

सुशासन स्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्नुस् : मुख्यमन्त्री राई


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा सुशासन स्थापनाका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

शनिवार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि भरपर्दो, विश्वसनीय र जवाफदेहिताका साथ सत्यतथ्यका आधारमा पत्रकारले समाचार सम्प्रेषण गर्न सक्नुपर्दछ ।”

मुख्यमन्त्री राईले नेपालको संविधानमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको बताउँदै सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा पत्रकारिता क्षेत्रले अझ बढी जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । उनले विश्वमा रहेका नवीनतम प्रविधिको प्रयोग नेपालको अनलाइनमा हनुपर्नेमा पनि जोड दिए ।

मिडियाका अध्यक्ष प्रभात खडका, सल्लाहकार सम्पादक गणेश लम्साल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतम, मिडियाका टङ्क सुवेदी र हरि अधिकारीले आचारसंहिताको पालना गरी व्यावसायिक दक्षता र उच्चतम प्रविधिको प्रयोग गरी जनताको विश्वास हासिल गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यमन्त्री राईले पत्रकारिताको माध्यमबाट स्वास्थ्य र कृषिको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत लेखकद्वय नवराज सुब्बा र राजेन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो । विराटनगर महानगरपालिका–२ मा स्थापित उक्त मिडियामा रु एक करोड ५० लगानी रहेको छ भने त्यसमा २० पत्रकार र कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : ५५ बजे

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका