सुशासन स्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्नुस् : मुख्यमन्त्री राई « Khabarhub

सुशासन स्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्नुस् : मुख्यमन्त्री राई


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा सुशासन स्थापनाका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

शनिवार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि भरपर्दो, विश्वसनीय र जवाफदेहिताका साथ सत्यतथ्यका आधारमा पत्रकारले समाचार सम्प्रेषण गर्न सक्नुपर्दछ ।”

मुख्यमन्त्री राईले नेपालको संविधानमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको बताउँदै सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा पत्रकारिता क्षेत्रले अझ बढी जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । उनले विश्वमा रहेका नवीनतम प्रविधिको प्रयोग नेपालको अनलाइनमा हनुपर्नेमा पनि जोड दिए ।

मिडियाका अध्यक्ष प्रभात खडका, सल्लाहकार सम्पादक गणेश लम्साल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतम, मिडियाका टङ्क सुवेदी र हरि अधिकारीले आचारसंहिताको पालना गरी व्यावसायिक दक्षता र उच्चतम प्रविधिको प्रयोग गरी जनताको विश्वास हासिल गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यमन्त्री राईले पत्रकारिताको माध्यमबाट स्वास्थ्य र कृषिको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत लेखकद्वय नवराज सुब्बा र राजेन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो । विराटनगर महानगरपालिका–२ मा स्थापित उक्त मिडियामा रु एक करोड ५० लगानी रहेको छ भने त्यसमा २० पत्रकार र कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : ५५ बजे

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष