व्यापार विस्तार गर्न झापा पुगेका प्रकाश मृत भेटिए « Khabarhub

व्यापार विस्तार गर्न झापा पुगेका प्रकाश मृत भेटिए


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–व्यापार विस्तारका लागि भन्दै झापा पुगेका प्रकाश ढुंगाना मृत फेला परेका छन् । तयारी पोशाकको कारोबार गर्ने उनी शुक्रबार झापा गएका थिए ।
भक्तपुरबाट व्यवसाय गर्दै आएका उनी शुक्रबार नै काँकडभिट्टाको सिभिल होटलमा बसेका थिए ।

तर, उनलाई होटलमा मृत अवस्थामा फेला पारिएको छ । होटलको पंखामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ। साँझ होटलका कर्मचारीले के खाने भनेर सोध्दा आफैं खबर गर्छु भनेका ढुंगाना राति मृत फेला परेको प्रहरीले जनाएको छ ।

खानाका लागि खबर गर्न जाँदा केही प्रतिक्रिया नआएको र ढोका ढक्ढक्याउँदा पनि आवाज नआएपछि प्रहरीलाई खबर गरेर ढोका खोलिएको होटल सञ्चालकले बताएका छन् ।

झुण्डिएका ढुंगाना घुँडा टेकेको अवस्थामा फेला परेका थिए । उनको शरीरमा निलडाम पनि देखिएको छ । परिवारका सदस्यले हत्या भएको आरोप लगाएका छन् ।

ढुंगाना गत चैत २९ गते पनि सोही होटलमा बसेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ८ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन