व्यापार विस्तार गर्न झापा पुगेका प्रकाश मृत भेटिए | Khabarhub Khabarhub

व्यापार विस्तार गर्न झापा पुगेका प्रकाश मृत भेटिए


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–व्यापार विस्तारका लागि भन्दै झापा पुगेका प्रकाश ढुंगाना मृत फेला परेका छन् । तयारी पोशाकको कारोबार गर्ने उनी शुक्रबार झापा गएका थिए ।
भक्तपुरबाट व्यवसाय गर्दै आएका उनी शुक्रबार नै काँकडभिट्टाको सिभिल होटलमा बसेका थिए ।

तर, उनलाई होटलमा मृत अवस्थामा फेला पारिएको छ । होटलको पंखामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ। साँझ होटलका कर्मचारीले के खाने भनेर सोध्दा आफैं खबर गर्छु भनेका ढुंगाना राति मृत फेला परेको प्रहरीले जनाएको छ ।

खानाका लागि खबर गर्न जाँदा केही प्रतिक्रिया नआएको र ढोका ढक्ढक्याउँदा पनि आवाज नआएपछि प्रहरीलाई खबर गरेर ढोका खोलिएको होटल सञ्चालकले बताएका छन् ।

झुण्डिएका ढुंगाना घुँडा टेकेको अवस्थामा फेला परेका थिए । उनको शरीरमा निलडाम पनि देखिएको छ । परिवारका सदस्यले हत्या भएको आरोप लगाएका छन् ।

ढुंगाना गत चैत २९ गते पनि सोही होटलमा बसेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ८ : ५२ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको