लागू औषधसहित मकवानपुरबाट ३ जना पक्राउ | Khabarhub Khabarhub

लागू औषधसहित मकवानपुरबाट ३ जना पक्राउ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरका विभिन्न स्थानबाट लागू औषधसहित प्रक्राउ परेका ३ जनालाई प्रहरीले आइतबार आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६ वर्षीय रुपक राई र भारत विहारस्थित वैशाली जिल्लाका ३२ वर्षीय अमरजित सिंह रहेका छन् । उनीहरुबाट प्रहरीले ५७ किलो गाँजा र ६० ट्याबलेट नाइट्रोभेट बरामद गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा पप्पुलाई आठ केजी गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार शङ्काका आधारमा झोला खानतलासी गर्दा उनको झोलाभित्र चारपाटे दुई वटा पोकामा लागू औषध गाँजा आठ केजी फेला परेको थियो ।

त्यस्तै कमानेका रुपकलाई लागू औषध नाइट्रोभेट ६० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहसहितको टोलीले रातोमाटेमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७३९ नम्बरको यात्रुवाहक माइक्रो बसलाई जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो । रुपकको साथबाट नाइट्रोभेट १० लेखेको चार पत्तामा ६० ट्याबलेट लागू औषध फेला परेको थियो । उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम गाँजा र कारसहित नियन्त्रणमा लिएको छ । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख ६ गते दिउँसो विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले तिनताप्केमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर–३१ एम ५०५१ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा उक्त कारको सिटमुनि फल्स बटम बनाई आठ वटा पोकामा ४८ किलो ८०० ग्राम लागू औषध गाँजा फेला परेको थियो ।

उनीमाथि पनि थप अनुसन्धान भइरहेको छ । अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने र कारसमेत जफत हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : ०८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन