उपहारमा बाख्रा पाउँदा मख्ख एकल महिला ! « Khabarhub

उपहारमा बाख्रा पाउँदा मख्ख एकल महिला !


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पालको रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आएकी छन् ।

श्रीमान‍्को निधन भएपछि उनलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुशियाली छाएको छ ।

‘एकल महिलालाई लक्षित गरी वडाले गरेको यस कार्यप्रति खुशी छु, बाख्रा पालेर आयआर्जन गरेर परिवारमा आम्दानीको स्रोत बढाउनेछु’,  उनले भनिन् । माऊ बाख्राको राम्रोसँग स्याहारासुसार गरी यसैबाट सङ्ख्या बढाउँदै लैजाउने उनको योजना छ ।

एकल महिला भनेपछि अझै पनि समाजमा व्यवसाय गर्न असहयोग गर्ने चलन विद्यमान नै छ । एकल जीवन बिताएका महिलाको जीवनस्तर उकास्नका निम्ति कार्यालयले एक वटा माऊ बाख्रा उपहारस्वरुप दिएको छ । एउटा माऊ बाख्रालाई राम्रोसँग घाँसपात, दानापानी गरेर गुजारा चलाउने कविता भण्डारीले बताइन् ।

माऊ बाख्रा पाएपछि उहाँले खुशी हुँदै उनी भन्छन्, ‘समाजमा एकल महिला भनेर हेयको दृष्टिकोण राख्नेका निम्ति अब्बल महिलाका रुपमा बाख्रापालन व्यवसाय गरेर नमुनाका रुपमा आफूलाई चिनाउनेछु ।’ बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउने उनको धोको छ ।

एकल महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउन वडाका ६० वर्ष उमेरभित्रका नौ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।

यहाँका झुमाकुमारी कुमाल, शुभद्रा थापा, माया घर्ती, भानियमाया घर्ती, मुमाकुमारी पौडेल, दिलकुमारी खासु, कविता भण्डारी, स्यानी कुमाल र जमुना घिमिरेलाई प्रतिव्यक्ति ५/५ हजारका दरले १/१ वटा माऊ बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । महिला शीर्षकमा विनियोजित ५० हजार बजेटबाट आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले उनीहरुलाई अनुदानमा माऊ बाख्रा वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

यस कार्यक्रमले महिलालाई आयआर्जनमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । उनले नगरभित्रका एकल महिलालाई भेला गराई नगरस्तरीय समिति गठन गर्ने र आयआर्जन, सीपमूलक तालीम सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको पनि सुनाइन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : ४५ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर