तातोपानी नाका खुल्ने सुनिश्चित भइसक्यो– सापकोटा « Khabarhub

तातोपानी नाका खुल्ने सुनिश्चित भइसक्यो– सापकोटा


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको बताएका छन् ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भइसकेको बताए ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए । राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नु परेको नेता सापकोटाको भनाइ छ ।

नेता सापकोटाले नेपालले सुरक्षा चुनौती हुन नदिने प्रतिवद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पस्ट पारे ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ३३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस