बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक, एकता प्रक्रिया टुंगोमा पुग्ला ? | Khabarhub Khabarhub

बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक, एकता प्रक्रिया टुंगोमा पुग्ला ?


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

आइतबार अपराह्न शुरु भएको सचिवालयको वैठकले पार्टीको एकता प्रक्रियालाई टुंग्याउने बताइएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले आइतबार दिउँसो राजधानीमा आयोजित एक कार्यक्रममा एकता प्रक्रिया लगभग टुंगोमा पुगिसकेको बताएका थिए ।

प्रचण्डका अनुसार आइतबार अपराह्न बालुवाटारमा शुरु भएको वैठकले एकता प्रक्रियालाई अनुमोदन गर्ने छ ।

यद्यपि, केही नेताहरुले भने एकताको विषयमा अझै विवाद रहेको बताउँदै आएका छन् ।

खासगरी केही पोलिट्ब्यूरो सदस्यले एकतालाई टुंगोमा पर्‍याउन अपनाइएको प्रक्रियाप्रति आपत्ति जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ०१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र