वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ, सरकारले गर्न सकेन सदुपयोग « Khabarhub

वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ, सरकारले गर्न सकेन सदुपयोग


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकाे अन्नपूर्ण पोस्टले ‘वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ’ शीर्षकमा मुख्य समाचार छापेकाे ५ ।  पूर्वराजको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयो बढेको छट । सरकारले व्यक्ति लाभका लागि कानुनसमेत फेरिदिन थालेको छ ।

पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभरका २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रष्टअन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।  राजधानीको छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला गर्‍यो । त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन् । प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी छन् ।

‘विजया घर’ भनेर चिनिने यो घरजग्गा खाली गराउन ट्रस्टले ५ महिनाअघि नै पत्रार गर्‍यो । काठमाडौं महानगरपालिकाले पनि घरजग्गा खाली गर्न पत्र लेखेको छ । समाचारमा छाउनीको १५ रोपनी एक आना खाली गराउन पत्राचार भएको, सतुंगल–थानकोट १७० रोपनी मोहीका नाममा रहेको , सल्लाघारीको १०८ रोपनीमा नगरको पर्खाल र पूर्वाराजाकै पालामा व्यापारीलाई भाडामा दिइएको जनाइएको छ ।

त्यसै अन्नपूर्णले सिमेन्टका बोरा लेमिनेसन गर्नु’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । सर्वोच्च अदालतले सिमेन्टको बोरा ‘लेमिनेसन’ गरेर मात्र प्याकिङ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदूर र उपभोक्तामा दमलगायत स्वास्थय समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो ।

त्यसैगरी ‘लुट्छन् बिचौलियाले’ शीर्षकमा अर्को समाचार पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । तीन महिनाअघि धनुषाको सीडीओ प्रदीपराज कणेलले मालपोत कार्यालयमै पुगेर कर्मचारलाई भ्रष्टाचार नगर्ने कसम खुवाए । घुसखोरीविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको भन्दै कणेलको कदमको सर्वत्र प्रशंसा भयो । ‘अब मालपोत कार्यालय जनकपुर सुधि्न्छ’, धेरैले सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस लेखे, ‘वाह! सीडीओ साप्, धन्यवाद !’

तर, आइतबार मालापोत कार्यालय पुग्दा अवस्था भिन्न देखियो । कर्मचारी हाकाहाकी घुस मागिरहेका थिए । सेवाग्राह्री ४० डिग्री तातो घाममा लाम बसेको थिए । बिचौलियाको हालिमुहाली थियो ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : ५६ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः