नेपालमा वीच्याट र अलिपेबाट भुक्तानी निषेध « Khabarhub

नेपालमा वीच्याट र अलिपेबाट भुक्तानी निषेध


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल राष्ट्र बैंकले दर्ता नभएका विदेशी भुक्तानी सेवा प्रदायकबाट आर्थिक कारेबार नगर्र्न नेपाली व्यवसायीलाई सचेत गराएको छ ।

सोमबार सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त क्रियाकलाप भएको पाइएमा कारोवारीलाई विदेशी विनिमय ऐन, २०१९ अन्र्तगत कारबाही गर्ने चेतावनी समेत दिएको छ । दर्ता नभर्ई पीओएस मेसिन, क्यूआर कोड स्क्यानरजस्ता पद्धति प्रयोग गरी भुक्तानी गर्नु गैरकानूनी भएकोले, उक्त करोवार बन्द गराईएको बैंकको भनाइ छ । बैंकले वीच्याट र अलिपेको नामै उल्लेख गरी उक्त सेवाप्रदायक कम्पनीहरु नेपालमा गैरकानूनी भएको बताएको छ ।

प्रायजसो चीनबाट नेपाल आउने पर्यटकले त्यहाँको डिजिटल भुक्तानी एप्लिकेशनको प्रयोग गरी नेपालमा सेवा लिने गरेका छन् । काठमाडौंका विभन्न पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, गेस्टहाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी लिने गरेको पाइएपछि बैंकले सुचना जारी गरी उक्त क्रियाकलप निषेध गरको हो ।

यसरी भुक्तानी गर्दा नेपालमा कारोबार नदेखिने भएकाले करसमेत छलि हुने गरेको छ । वीच्याटमा र अलीपेमा जम्मा भएको पैशा चाइनाबाट सामान आयत गर्न व्यापारीहरुले प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ३७ बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध