मिक्लाजुङ हत्याकाण्डबारे प्रदेश सरकारका ‘गृह’मन्त्री भन्छन्– सुरक्षा व्यवस्था कमजोर छैन « Khabarhub

मिक्लाजुङ हत्याकाण्डबारे प्रदेश सरकारका ‘गृह’मन्त्री भन्छन्– सुरक्षा व्यवस्था कमजोर छैन


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा ९ जनाको ज्यान जानेगरी भएको हत्याकाण्ड सुरक्षा लापरवाहीका कारण नभएको बताएका छन् ।

सुरक्षा व्यवस्था कमजोर भएका कारण उक्त घटना भएको भन्न नमिल्ने मन्त्री कार्कीको भनाइ छ ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले उक्त घटनाका सम्बन्धमा प्रदेश सरकारले पनि समीक्षा गर्ने बताए ।

मन्त्री कार्कीले रातिको समयमा परिवारका सदस्यलाई लक्षित गरी भएको घटनालाई लिएर सिंगो सुरक्षा व्यवस्था नै कमजोर भएको भनेर भन्न नमिल्ने बताए ।

‘घटनाले केही आतंक मच्चाए पनि, सुरक्षा थे्रटको अवस्था छैन र सुरक्षा राज्यको नियन्त्रण भित्रै छ,’ मन्त्री कार्कीले भने ।

प्रदेशको ‘गृह मन्त्रालय’ मानिने आन्तरिक तथा कानून मन्त्रालयका प्रमुखले घटनाको सम्बन्धमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ४ : २१ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको