पर्वतको कुटुवाचौरी खानेपानी आयोजनामा आर्थिक अनियमितता « Khabarhub

पर्वतको कुटुवाचौरी खानेपानी आयोजनामा आर्थिक अनियमितता


७ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पर्वतको कुटुवाचौपारी खानेपानी आयोजनामा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बराबरको भ्रष्टाचार भएको खुलेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका तत्कालीन इन्जिनियर प्रेम बहादुर थापा समेत ५ जनाको मिलेमतोमा खानेपानी आयोजनामा अनियमितता भएको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट आयोजनाको वास्तविक कामभन्दा बढी काम भएको देखाएर बढी भुक्तानी लिइ भ्रष्टाचार गरिएको देखिएको छ ।

कटुवाचौरी गुणस्तरीय खानेपानी तथा सरसफाइ योजनाको प्रशोधनशाला अन्तर्गत ‘स्लो स्याण्ड फिल्टर’ समेतको निर्माण कार्य ३१ असार २०७० मा सम्पन्न भएको भनेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।

तर, उक्त कार्य मापदण्डअनुसार नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि छानबिन गर्ने क्रममा निर्माण कार्यमा बास्तविक काम भएको भन्दा बढीको झुटो बिल भर्पाइ बनाएर भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार उक्त आयोजनाको निर्माणसम्बन्धी झुटा बिल भर्पाइ बनाएर खानेपानी तथा सरसफाइ कार्यालयका तत्कालीन प्रमुख ईन्जिनियर प्रेम बहादुर थापा तथा सिनियर डिभिजनल ईन्जिनियर अमोध धितालसहित उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बराबरको भ्रष्टाचार भएको हो ।

अख्तियारले खानेपानी तथा सरसफाइ कार्यालयका तत्कालीन प्रमुख ईन्जिनियर प्रेम बहादुर थापा तथा सिनियर डिभिजनल ईन्जिनियर अमोध धितालविरुद्ध मा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेश बहादुर पीसी र कोषाध्यक्ष दिवाकर शर्मा लामिछानेविरुद्ध पनि मा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ५ : ५७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया