रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिए १७ मजदुर « Khabarhub

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिए १७ मजदुर


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका छन्। बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो।सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन्। भित्रका मजदुर र बाहिर उद्धारकर्मीबीच रेडियो सेटबाट संवाद भइरहेको छ। सुरुङको मुख थुनिए पनि भित्र अक्सिजन पुगेको र आफूहरू सुरक्षित रहेको जानकारी उनीहरूले दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएको नयाँ पत्रिकामा खबर छ।

नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ। गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ। यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ। पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएका छन्।

‘उद्धारका लागि पनि हामी तयारी अवस्थामा छौँ। नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम उद्धारका लागि खटिएको छ। तर, राति भएकाले अहिले नै उद्धार गर्न सकिएन। बिहान ६ बजेदेखि नै हामी खट्छौँ। म आफै पनि ५ बजे घटनास्थलमा पुग्ने योजना बनाएको छु,’ प्रजिअ भण्डारीले टेलिफोन संवादमा भने।

माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न नसकिएको आयोजना प्रमुख छवि गैरेले बताए। ‘मानवीय क्षति भएको छैन, कामदार सकुशल छन्, उनीहरूलाई बाहिर निकाल्न बिहान उज्यालो हुनासाथ उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइन्छ,’ गैरेले भने।

चिलिमे जलविद्युत् आयोजनाको सहायक कम्पनीका रूपमा रसुवागढी जलविद्युत् आयोजना स्थापना भएको हो। चिलिमेले यबिाहेक साञ्जेन र मध्यभोटेकोसीको आयोजना पनि बनाउँदै छ। यिनै परियोजनाका लागि ऊर्जा मन्त्रालयले ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम सुरुवात गरेको थियो।

स्वयं प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले सेयर आवेदन गरेका थिए। रसुवागढी जलविद्युत् आयोजनाको सुरुवातमै ०७२ वैशाखमा भूकम्प जाँदा पहिरोले एकजनाको ज्यान गएको थियो। भूकम्पले आत्तिएर चीन गएका ठेकेदारलाई फर्काउन लामो समय लागेको थियो। चीनको सिडब्लुई कम्पनीले यो आयोजनाको निर्माण गरिरहेको छ।

साँझ साढे ८ बजे सुक्खा पहिरो गयो। माथिबाट झरेको चट्टान र माटोले सुरुङको मुख थुनिएको छ। त्यतिन्जेलसम्म रात्रि सिफ्टका मजदुरहरू भित्र गइसकेका थिए। पहिरो गएपछि अरू सुरुङका मजदुर सकुशल बाहिर निस्किएका छन्। तर, अडिट–४ का मजदुर भित्रै थुनिएका छन्।

त्यसमा ११ जना नेपाली र ६ जना चिनियाँ गरी जम्मा १७ जना छन्। भित्र उनीहरू सुरक्षित छन्, रेडियो सेटबाट संवाद भइरहेको छ। उनीहरूले भित्र अक्सिजन आइरहेको छ भन्ने जानकारी गराएका छन्।

उद्धारका लागि पनि हामी तयारी अवस्थामा छौँ। नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम उद्धारका लागि खटिएको छ। तर, राति भएकाले अहिले नै उद्धार गर्न सकिएन। बिहान ६ बजेदेखि नै हामी खट्छौँ। म आफै पनि ५ बजे घटनास्थलमा पुग्ने योजना बनाएको छु।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ४१ बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव