रोकिएन भ्रष्टाचारको कुलत : नैतिक स्वास्थ्यमा गम्भीर गडबढी « Khabarhub

रोकिएन भ्रष्टाचारको कुलत : नैतिक स्वास्थ्यमा गम्भीर गडबढी


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भ्रष्टचारमा शून्य सहनशीलताको नीति लिँदै आए पनि सरकारी क्षेत्रमा व्याप्त भ्रष्टाचार रोकिन नसकेका पुष्टि पछिल्ला घट्नाहरूले गरेका छन् । लामो समयदेखि भ्रष्टाचारको कुलतमा फस्दै आएका सरकारी अधिकारीहरूमा नैतिकता स्खलित हुन पुगेको देखिएको राजधानी दैनिकमा खबर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेपछि विभाग नै रित्तिएको छ । केही दिनअघि जुम्लामा पनि मालपोत अधिकृतसहितका कर्मचारीमाथि मुद्दा दायर गरिएको थियो । मालपोत, नापी, यातायात कार्यालयहरू नै रित्तिने गरी भ्रष्टाचार मुद्दा दायर हुने क्रम बढेको अख्तियारले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही महिनाअघि मात्रै एउटा अभियान ल्यायो ‘प्रत्येक कर्मचारीले कार्यालय प्रवेश गर्नुअघि भ्रष्टाचार नगर्ने प्रण गर्दै कार्यालय प्रवेश गर्ने र काम गर्ने ।’

तर प्रधानमन्त्री कार्यालयको सो अभियानले कर्मचारीमा रहेको भ्रष्टाचारको कुलत रोक्न सकेन । भ्रष्टाचारविरुद्धका अध्येताहरूका अनुसार मानिसमा तीन प्रकारका स्वास्थ्य हुन्छन् । जसअनुसार शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र नैतिक स्वास्थ्य । यीमध्ये नेपालका कर्मचारीलगायत धेरै व्यक्तिमा नैतिक स्वास्थ्यमा गम्भीर गडबढी देखिन थालेको हो ।

त्यस्तै पत्रिकाले भारत आवतजावत र भन्सार सहज बनाउँछौं : मुख्यमन्त्री योगी शीर्षकमा अर्को समाचार छापेको छ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालिका लागी भारत प्रवेश र भन्सारको ब्यवस्थापन सहज बनाउन भारत सरकारका तर्फबाट पहल भइरहेको बताएका छन् ।उनले नेपालीलाइ दुख दिने भारतको कुनै मनसाय नरहेको भन्दै जति सक्दो छिटो र सहज आवतजावत तथा भन्सारको ब्यवस्थापनको तयारी भएको जनाए ।

नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा भएको नेपाली पत्रकारहरुसँगको भेटमा उनले नेपालीहरुलाई भारत आवत-जावत गर्ने वातावरण तथा भंन्सारको झन्झटलाइ अझै सहज बनाउने तर्फ आफुले भारतको केन्द्र सरकारसँग समेत आग्रह गरेको जानकारी दिए । सिमानाका नेपालीहरुले भारतिय पक्षबाट कहिलेकाहिँ दुःख पाउने गरेको मैले सुनेको छु । अब त्यसो हुनु हुदैन, हाम्रो सदियौ देखिको सम्बन्ध अझै सुमधुर हुनु जरुरी छ । झउनले भने ।

फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाली पक्षलाइ चेकजाचका नाममा दुःख नदिन मुख्यमन्त्री योगीसँग आग्रह गरे ।

जवाफमा त्यसकालागी भारतीय सुरक्षाकर्मीलाई आफूले निर्देशन दिइसकेको योगीले जानकारी दिए । यस्तै आफै समेत भारत तर्फ सिमाको अनुगमन गर्न जाने तयारिमा रहेको उनले बताए । केही व्यक्तिहरुले नेपाल-भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै उनले त्यस तर्फ भने दुबै पक्ष सजग हुनुपर्नेमा जोड दिए । उनले भने, ञलागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्ने हरु सिमा क्षेत्रमा सकृय छ्न, त्यता तर्फ दुबै मुलुकले निगरानी गर्नु पर्छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : १७ बजे

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर