रोकिएन भ्रष्टाचारको कुलत : नैतिक स्वास्थ्यमा गम्भीर गडबढी | Khabarhub Khabarhub

रोकिएन भ्रष्टाचारको कुलत : नैतिक स्वास्थ्यमा गम्भीर गडबढी


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भ्रष्टचारमा शून्य सहनशीलताको नीति लिँदै आए पनि सरकारी क्षेत्रमा व्याप्त भ्रष्टाचार रोकिन नसकेका पुष्टि पछिल्ला घट्नाहरूले गरेका छन् । लामो समयदेखि भ्रष्टाचारको कुलतमा फस्दै आएका सरकारी अधिकारीहरूमा नैतिकता स्खलित हुन पुगेको देखिएको राजधानी दैनिकमा खबर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेपछि विभाग नै रित्तिएको छ । केही दिनअघि जुम्लामा पनि मालपोत अधिकृतसहितका कर्मचारीमाथि मुद्दा दायर गरिएको थियो । मालपोत, नापी, यातायात कार्यालयहरू नै रित्तिने गरी भ्रष्टाचार मुद्दा दायर हुने क्रम बढेको अख्तियारले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही महिनाअघि मात्रै एउटा अभियान ल्यायो ‘प्रत्येक कर्मचारीले कार्यालय प्रवेश गर्नुअघि भ्रष्टाचार नगर्ने प्रण गर्दै कार्यालय प्रवेश गर्ने र काम गर्ने ।’

तर प्रधानमन्त्री कार्यालयको सो अभियानले कर्मचारीमा रहेको भ्रष्टाचारको कुलत रोक्न सकेन । भ्रष्टाचारविरुद्धका अध्येताहरूका अनुसार मानिसमा तीन प्रकारका स्वास्थ्य हुन्छन् । जसअनुसार शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र नैतिक स्वास्थ्य । यीमध्ये नेपालका कर्मचारीलगायत धेरै व्यक्तिमा नैतिक स्वास्थ्यमा गम्भीर गडबढी देखिन थालेको हो ।

त्यस्तै पत्रिकाले भारत आवतजावत र भन्सार सहज बनाउँछौं : मुख्यमन्त्री योगी शीर्षकमा अर्को समाचार छापेको छ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालिका लागी भारत प्रवेश र भन्सारको ब्यवस्थापन सहज बनाउन भारत सरकारका तर्फबाट पहल भइरहेको बताएका छन् ।उनले नेपालीलाइ दुख दिने भारतको कुनै मनसाय नरहेको भन्दै जति सक्दो छिटो र सहज आवतजावत तथा भन्सारको ब्यवस्थापनको तयारी भएको जनाए ।

नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा भएको नेपाली पत्रकारहरुसँगको भेटमा उनले नेपालीहरुलाई भारत आवत-जावत गर्ने वातावरण तथा भंन्सारको झन्झटलाइ अझै सहज बनाउने तर्फ आफुले भारतको केन्द्र सरकारसँग समेत आग्रह गरेको जानकारी दिए । सिमानाका नेपालीहरुले भारतिय पक्षबाट कहिलेकाहिँ दुःख पाउने गरेको मैले सुनेको छु । अब त्यसो हुनु हुदैन, हाम्रो सदियौ देखिको सम्बन्ध अझै सुमधुर हुनु जरुरी छ । झउनले भने ।

फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाली पक्षलाइ चेकजाचका नाममा दुःख नदिन मुख्यमन्त्री योगीसँग आग्रह गरे ।

जवाफमा त्यसकालागी भारतीय सुरक्षाकर्मीलाई आफूले निर्देशन दिइसकेको योगीले जानकारी दिए । यस्तै आफै समेत भारत तर्फ सिमाको अनुगमन गर्न जाने तयारिमा रहेको उनले बताए । केही व्यक्तिहरुले नेपाल-भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै उनले त्यस तर्फ भने दुबै पक्ष सजग हुनुपर्नेमा जोड दिए । उनले भने, ञलागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्ने हरु सिमा क्षेत्रमा सकृय छ्न, त्यता तर्फ दुबै मुलुकले निगरानी गर्नु पर्छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : १७ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु