त्रिवि रजिस्ट्रारको मनपरी : आफ्नो बढुवा आफैंले ! « Khabarhub

त्रिवि रजिस्ट्रारको मनपरी : आफ्नो बढुवा आफैंले !


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन्। तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन्। पदमा बस्यो, नियम आफू अनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो सययदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको अन्नपूर्ण पोस्टमा खबर छ।

त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्।

यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए। शिक्षा अर्थशास्त्रका सहप्राध्यापक उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए तकालीन एमाले कोटाबाट। उनी एक महिनाअघि प्राध्यापकमा बढुवा भएका छन्।

उप्रेतीले बढुवा हुनुअघि आफू अनुकूल नियम परिवर्तन गरे र त्यही नियमका आधारमा माथिल्लो पदमा उक्ले। उनले त्रिवि कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली संशोधन गरेर आफू अनुकूलको व्यवस्था कायम गरेका हुन्। उनी रजिस्ट्रार हुनुअघि त्रिविमा सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुन दुई सय पूर्णांकको परीक्षा दिनुपर्दथ्यो। तर उप्रेतीले त्रिवि सभामा यो व्यवस्था परिमार्जन गरेर एक सय पूर्णांकमा झार्नुपर्ने प्रस्ताव लगे।

गत वर्ष सभामार्फत उनकै प्रस्ताव पारित भयो। प्राध्यापकमा बढुवा हुन थुपै्र योग्यता हुनुपर्ने कार्यविधिमा छ। ती योग्यतामध्ये एक हो विद्यावारिधि (पीएचडी)। उप्रेतीले यही बुँदालाई आफू अनुकूल प्रयोग गरे। पीएचडी उपाधिधारी सहप्राध्यापकलाई अन्तर्वार्तामा दिइँदै आएको १२ नम्बरको सट्टा परिवर्तित कार्यविधिले ८ नम्बरमा झार्‍यो। यसो गर्दा अन्य पीएचडीवाला सहप्राध्यापक र पीएचडी नगरेका उप्रेतीले पाउने अंक बराबर भयो।

‘पीएचडीधारीलाई धेरै अंक दिने व्यवस्था भएको भए रजिस्ट्रारज्यूले भन्दा अर्का प्रतिस्पर्धीले धेरै नम्बर पाउँथे र बढुवा हुने सम्भावना पनि उनैको हुन्थ्यो’, त्रिविकै एक प्राध्यापकले भने, ‘रजिस्ट्रार नै प्रतिस्पर्धी भएपछि अन्य क्षेत्रमा पनि प्रभाव परिहाल्छ। अन्तर्वार्ता लिने व्यक्तिले पनि रजिस्ट्रारलाई छोडेर सामान्य पढाएर खाने प्राध्यापकलाई कसरी धेरै नम्बर देलान् र ? ’

विश्वविद्यालयका पदाधिकारीलाई कार्यरत पदबाट माथिल्लो पदमा बढुवा हुन कानुनले रोकेको छैन। तर नैतिकताका आधारमा उनीहरूले पदाधिकारीमा बहाल रहेसम्म माथिल्लो पदमा बढुवा हुनु नैतिकताको आधारमा अमिल्दो रहेको यस क्षेत्रका जानकार बताउँछन्। आफ्नो बढुवा कानुनसम्मत भएकाले यसलाई नकारात्मक रूपमा लिन नहुने उप्रेती बताउँछन्। ‘मलाई बढुवा हुन कुनै नियमकानुनले छेकेको छैन। प्रतिस्पर्धामा भाग लिएपछि जो पनि बढुवा हुन सक्छ’, उप्रेतीले भने, ‘विश्वास नलागे कानुनी सल्लाहकारलाई सोध्नुस्। अझ स्पष्ट हुन्छ।’

उप्रेतीअघिका रजिस्ट्रार (हाल राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष) चन्द्रमणि पौडेल उप्रेती जसरी नै बढुवा भएका हुन्। तत्कालीन माओवादी कोटाबाट रजिस्ट्रार नियुक्त भएका पौडेलकै जोडबलमा तत्कालीन सेवा आयोगका अध्यक्ष प्राध्यापक डा. ईश्वरचन्द्र दत्तलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेर परिस्थति आफू अनुकूल पारिएको त्रिवि स्रोतको दाबी छ। दत्तकै कार्यकालमा पौडेल प्राध्यापकमा बढुवा भएका थिए। राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी पनि रजिस्ट्रार पदमै रहँदा सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका थिए।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : ५१ बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव