कोपा अमेरिकामा जापान र उरुग्वेले अंक बाँडे | Khabarhub Khabarhub

कोपा अमेरिकामा जापान र उरुग्वेले अंक बाँडे


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोपा अमेरिका फुटबल अन्तरगतको दोस्रो खेलमा जापानले अंक बाडेको छ । शुक्रबार बिहान भएको खेलमा जापान उरुग्वेसँग अंक बाडेको हो ।

ब्राजिलमा भएको खेलमा उरुग्वे र जापानले २–२ गोलको बराबरी खेले ।

समूह सी अन्तर्गतको खेलमा उरुग्वेविरुद्ध खेलको २५ औं मिनेटमा जापानले अग्रता बनाएको थियो । जापानका लागि कोजि मियोसिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको केहि मिनेट भित्रै अर्थात् ३२ औं मिनेटमा उरुग्वेका लुइस स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ गोलको बराबरी पुर्‍याएका थिए ।

त्यस्तै, खेलको ५९ औं मिनेटमा जापानका कोजिले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै उरुग्वेविरुद्ध २–१ अग्रता बनाएका थिए ।

तर, जापानविरुद्ध उरुग्वेका जोस गिमीनेजले ६६ मिनेटमा दोस्रो गोल फर्काएसँगै खेल बराबरीमा पुगेको थियो । पछि दुवै टोलीले गोल थप्न नसकेपछि दुवै टोली अंक बाड्न बाध्य भए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ४३ बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।