६ हजार भेडा–बाख्रालाई लगाइयो निःशुल्क खोप | Khabarhub Khabarhub

६ हजार भेडा–बाख्रालाई लगाइयो निःशुल्क खोप


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा ६ हजार भेडा–बाख्रालाई खोप लगाइएको छ । भेडाबाख्रालाई पीपीआर रोग (भाइरल डिजिज)विरुद्धको निःशुल्क खोप लगाइएको हो ।

जिल्लाको चन्दननाथ नगरपालिका क्षेत्रभित्र पर्ने पशुसेवा केन्द्र तलिउममा ३ हजार १ सय ९० र चन्दननाथ नगरपालिका जुम्ला शाखामा २ हजार ८ सय भेडा–बाख्रालाई खोप लगाइएको पशुसेवा केन्द्र तलिउमका प्राविधिक धनवहादुर बानियाँँले जानकारी दिए ।

चन्दननाथ नगरपालिकाको आयोजनामा मङ्गलबार लगाउन शुरु गरिएको खोप अभियान बिहीबार सकिएको हो । पीपीआर रोगका कारणले भेडा–बाख्रा नमरुन् भनेर वर्षेनी खोप कार्यक्रम सञ्चालन गरिँदै आइरहेको चन्दननाथ पशु शाखाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।

किसानले आफ्ना भेडा–बाख्रालाई समयमै खोप लगाउने क्रम बढेसँगै पीपीआर रोगको संक्रमण घट्दै गएको पनि बुढ्थापाले बताए ।

एक वर्ष खोप लगाइएका भेंडाबाख्रालाई पछि दुई वर्षसम्म खोप लगाउनु नपर्ने उनको भनाइ छ ।

भेडा–बाख्रामा रोगको सङ्क्रमण हुनेबित्तिकै पशु स्वास्थ्य चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ११ : १४ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार