६ हजार भेडा–बाख्रालाई लगाइयो निःशुल्क खोप « Khabarhub

६ हजार भेडा–बाख्रालाई लगाइयो निःशुल्क खोप


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा ६ हजार भेडा–बाख्रालाई खोप लगाइएको छ । भेडाबाख्रालाई पीपीआर रोग (भाइरल डिजिज)विरुद्धको निःशुल्क खोप लगाइएको हो ।

जिल्लाको चन्दननाथ नगरपालिका क्षेत्रभित्र पर्ने पशुसेवा केन्द्र तलिउममा ३ हजार १ सय ९० र चन्दननाथ नगरपालिका जुम्ला शाखामा २ हजार ८ सय भेडा–बाख्रालाई खोप लगाइएको पशुसेवा केन्द्र तलिउमका प्राविधिक धनवहादुर बानियाँँले जानकारी दिए ।

चन्दननाथ नगरपालिकाको आयोजनामा मङ्गलबार लगाउन शुरु गरिएको खोप अभियान बिहीबार सकिएको हो । पीपीआर रोगका कारणले भेडा–बाख्रा नमरुन् भनेर वर्षेनी खोप कार्यक्रम सञ्चालन गरिँदै आइरहेको चन्दननाथ पशु शाखाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।

किसानले आफ्ना भेडा–बाख्रालाई समयमै खोप लगाउने क्रम बढेसँगै पीपीआर रोगको संक्रमण घट्दै गएको पनि बुढ्थापाले बताए ।

एक वर्ष खोप लगाइएका भेंडाबाख्रालाई पछि दुई वर्षसम्म खोप लगाउनु नपर्ने उनको भनाइ छ ।

भेडा–बाख्रामा रोगको सङ्क्रमण हुनेबित्तिकै पशु स्वास्थ्य चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ११ : १४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन