विप्लवका जिल्ला इञ्चार्ज मारिएको घटनामा मानव अधिकार आयोगको अनुसन्धान « Khabarhub

विप्लवका जिल्ला इञ्चार्ज मारिएको घटनामा मानव अधिकार आयोगको अनुसन्धान


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीसँग भएको भनिएको दोहोरो मुठभेडका क्रममा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज मारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

बिहीबार प्रहरीको गोली लागेर विप्लव समूहको सप्तरी जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हतियारसहित मोटरसाइकलमा रहेका विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा दोहोरो मुठभेड भएको थियो । जवाफी फायरिङका क्रममा गोली लागेर पौडेलको मृत्यु भएको प्रहरीको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगले भने घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य पत्ता लगाउन अनुसन्धान शुरु गरिएको जनाएको छ ।

घटनाको सत्य तथ्य छानबिन तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ को कार्यालयबाट टोली खटिएको आयोगका केन्द्रीय प्रवक्ता वेद भट्टराईले जनाएका छन् ।

पवक्ता पौडेलका अनुसार उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन