विप्लवका जिल्ला इञ्चार्ज मारिएको घटनामा मानव अधिकार आयोगको अनुसन्धान « Khabarhub

विप्लवका जिल्ला इञ्चार्ज मारिएको घटनामा मानव अधिकार आयोगको अनुसन्धान


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीसँग भएको भनिएको दोहोरो मुठभेडका क्रममा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज मारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

बिहीबार प्रहरीको गोली लागेर विप्लव समूहको सप्तरी जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हतियारसहित मोटरसाइकलमा रहेका विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा दोहोरो मुठभेड भएको थियो । जवाफी फायरिङका क्रममा गोली लागेर पौडेलको मृत्यु भएको प्रहरीको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगले भने घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य पत्ता लगाउन अनुसन्धान शुरु गरिएको जनाएको छ ।

घटनाको सत्य तथ्य छानबिन तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ को कार्यालयबाट टोली खटिएको आयोगका केन्द्रीय प्रवक्ता वेद भट्टराईले जनाएका छन् ।

पवक्ता पौडेलका अनुसार उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : ०७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट