स्पेनलाई विश्वकप जिताउने टोरेसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास « Khabarhub

स्पेनलाई विश्वकप जिताउने टोरेसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनलाई विश्वकप फुटबल जिताएका स्ट्राइकर फर्नान्डो टोरेसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३५ वर्षीय टोरेसले आफ्नो १८ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई टुङ्ग्याउने निर्णय गरेका हुन् । स्पेनको एट्लेटिको मड्रिड, इंग्ल्याण्डमा लिभरपुल र चेल्सी जस्ता क्लबबाट ब्यावसायीक फुटबल खेलेका उनी अहिले जापनिज जे लिग क्लब सोगा तोसुबाट खेलिरहेका छन्।

उनले स्पेनको राष्ट्रिय टिमबाट एक सय १० खेल खेलका छन् । स्पेनलाई सन् २००८ को युरो कपको उपाधि जिताउने क्रममा उनले फाइनलमा विजयी गोल गरेका थिए । यस्तै २०१० को विश्वकप र २०१२ को युरो कप स्पेनले जित्दा टोरेस मुख्य खेलाडीका रुपमा टिममा थिए ।

टोरेसले सामाजिक सञ्जाल ट्वीटरबाट सन्यासको घोषणा गरेका हुन् ।

आउँदो आइतबार जापानको टोकियोमा पत्रकार सम्मलेन गरेर टोरेसले सम्पुर्ण विवरण सार्वजनिक गर्ने समेत जनाएका छन् ।

सन् २००७ मा एट्लेटिकोबाट २० मिलियन पाउण्डमा लिभरपुल गएपछि उनको करियरले चर्चा पाएको थियो। लिभरपुलका लागि उनले एक सय ४२ खेलमा ८१ गोल गरेका थिए। यस्तै सन् २०११ उनी लिभरपुलबाट बेलायती क्लबको रेकर्ड तोड्दै ५० मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका थिए।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : ३२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको