धादिङ जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो (नामावलीसहित) « Khabarhub

धादिङ जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो (नामावलीसहित)


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, कार्कीडाँडाकै ३२ वर्षका सेतु मिजार, गल्ची–६ बाँझगाउँका ३० वर्षीया कान्छी भजेल र बाँझगाउकै २५ वर्षीया नानु तामाङ छन् ।

गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना परेको थियो ।

बैरेनीबाट करिब ५ किलोमिटर भित्र कच्ची सडकमा भएको दुर्घटनामा १० जना घाइते भएका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीपमा करिब १८ जना सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ०५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल