राजश्व छली गर्ने काइदा– अरुको नाममा कम्पनी खोलेर बिल बिजक बिक्री « Khabarhub

राजश्व छली गर्ने काइदा– अरुको नाममा कम्पनी खोलेर बिल बिजक बिक्री


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक समूहले विभिन्न व्यक्तिका नाममा व्यापारिक फर्म (कम्पनी) दर्ता गरी नक्कली बिल बिजक तयार एवम् बिक्री गरेर ३ अर्ब रपैयाँ बराबरको राजश्व छलि गरेको देखिएको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाको समूहले झन्डै ३ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको हो ।

विभागले उनीहरुविरुद्ध २ अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र ३ वर्ष कैद सजायको माग दावीसहित काठमाण्डौ जिल्ला अदालतमा विहिबार मुद्दा दायर गरेको छ ।

उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकारका नाममा ८ ओटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजश्व छलेको अनुसन्धानबाट खुलेको छ ।

उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरीद बिक्रीको कारोवार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ ।

यस्ता फर्महरुले बिजक मात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरीद बिक्री नगरी झुट्टा तथा नक्कली बिजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ ।

राजश्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजश्व चुहावटमा सहयोग गरेको तथा लेखा परीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टङ्कनाथ नेपालले गलत लेखा परीक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी गरिएको महानिर्देशक मैनालीले जानकारी दिनुभयो । उक्त घटनामा विभागले चार महीना अघिबाट अनुसन्धान थालेको थियो ।

यसअघि विभागले ८१ मुद्दामा रु १८ अर्ब ३२ करोडको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २३८ जना विरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ३ : १७ बजे

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने