कसले उचाल्ला ललित स्मृति कपको उपाधी « Khabarhub

कसले उचाल्ला ललित स्मृति कपको उपाधी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज (आइतबार) हुँदैछ । उपाधी भिडन्तका लागि नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच कडा प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल दिउँसो ३ बजेदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा ब्रिगेड ब्वाइज साबिकको विजेता हो भने पुलिस पहिलो पटक फाइनल प्रवेश गरेको हो । दुवै टोली जीतको लक्ष्यसहित मैदान प्रवेश गर्नेछन् ।

‘ए’ डिभिजन लिग खेलको ९ खेलाडीसहित एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता रहेको ब्रिगेड प्रतियोगिताको एक मात्रै अपराजित टिम हो ।

समूह चरणको अन्तिम खेलमा पनि ब्रिगेडले पुलिसलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । तर, पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएर फाइनल पुगेको थियो ।

ब्रिगेडले भने सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । मनाङमाथि फराकिलो जित निकालेको कारण ब्रिगेड फाइनलमा ढुक्क छ ।

‘पुलिस पनि बलियो टिम हो । हामीले सामान्य सोचेर खेल्दैनौं । हामी जित्नकै लागि खेल्छौं ,’ ब्रिगेडमा मुख्य प्रशिक्षक सनोज श्रेष्ठले भने ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : १० बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल