हिन्दू धर्म अंगालेकी इण्डोनेसियाकी राजकुमारी भन्छिन्– मन्दिरमा प्रार्थना गर्दा जस्तो शान्ति अन्त मिल्दैन « Khabarhub

हिन्दू धर्म अंगालेकी इण्डोनेसियाकी राजकुमारी भन्छिन्– मन्दिरमा प्रार्थना गर्दा जस्तो शान्ति अन्त मिल्दैन


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासीले मन्दिरमा प्राथना गर्दा सुख र शान्ति मिल्ने भन्दै बालीमा हिन्दू आश्रम बनाउने बताएकी छिन् ।

सन २०१७ मा हिन्दू धर्म ग्रहण गरेकी उनले हिन्दु मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त हुने भएको हुँदा आफू पूजाआजामा तल्लिन रहँदै आएको बताएकी छिन् । उनी सन १९६१ मा इटालीको रोममा जन्मेकी हुन् ।

संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् । उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को जुलाई १७ बाट हिन्दु भएकी थिइन् ।

इण्डोनेसियामा अल्पसंख्यक समूहले हिन्दूधर्म मान्दै आएका छन् । सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १.७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश पेमायुनले शुद्धीकरण विधि अपनाएर राजकुमारीलाई हिन्दू बनाएका थिए ।

त्यतिबेला नारायण मन्त्र वाचन गरिनुका साथै गायत्री मन्त्रपनि उच्चारण गरिएको थियो । इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता रहेको छ ।

इन्डोनेसिया मुस्लिम देश हो । जहाँका धेरै मानिस इस्लाम धर्म मान्छन् । तर त्यहाँकी राजकुमारी भने सनातन धर्म मान्दै आएकी छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ४८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै