‘एभेन्जर्स: इन्डगेम’ बन्यो विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म, कति कमायो ? « Khabarhub

‘एभेन्जर्स: इन्डगेम’ बन्यो विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म, कति कमायो ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्भलको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ । यसअघि विश्व सिनेमामा सबैभन्दा बढी कमाइ गर्न सफल सिनेमा जेम्स क्यामरुनको ‘अवतार’ बनेको थियो । साइन्स फिक्सन फिल्म ‘अवतार’मा पृथ्वी र अर्को ग्रहको संसार देखाइएको छ ।

‘एभेन्जर्सः इन्डगेम’ले विश्वभरबाट २.७८९ बिलियन डलर (झण्डै ३ खर्बभन्दा बढी) कमाइ गरेको छ । ‘अवतार’ ले यसअघि २.७८८ कमाएको थियो । अवतारको रेकर्ड तोड्न हलिउडको अर्को फिल्मलाई १० वर्ष लागेको हो ।

अब विश्वभर धेरै कमाउने फिल्मको लिस्टमा एभेन्जर्सः इन्डगेम पहिलो बनेको छ भने अवतार दोस्रो स्थानमा धकिलिएको छ । तेस्रो स्थानमा भने जेम्स क्यामरुनकै फिल्म ‘टाइटानिक’ छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ११ : ५९ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा