बार्यनसँग हारेपछि प्रशिक्षक जिदानले भने– बेलले भोलि नै रियल छोडे हुन्छ ! « Khabarhub

बार्यनसँग हारेपछि प्रशिक्षक जिदानले भने– बेलले भोलि नै रियल छोडे हुन्छ !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले प्रि–सिजनको पहिलो खेल खेलेका ग्यारेथ बेलले क्लब छाड्नु पर्ने बताएका छन् ।

आइतबार बिहान सम्पन्न इन्टरनेसनल च्याम्पियन्स कपमा वार्यन म्युनिखसँग रियल पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

१० खेलाडीमा सिमित वार्यनसँग ३–१ गोल अन्तरले पराजित भएको रियलका लागि बेलले कुनै पनि समय राम्रो खेल्न सकेका थिएनन् ।

उनलाई क्लबमा राख्नु क्लबका लागि भार भएको महसुस गरेको क्लवले उनलाई बिदा गर्दै उक्त स्थान खालि गर्न चहाएको छ ।

‘बेल अन्य क्लबमा गए हुन्छ । क्लबले उनलाई बेच्न खोजेको छ,’ जिदानले खेलपछि भने,‘यदी उनी भोलि नै गए पनि राम्रो । यो व्यक्तिगत कुरा होइन । मसँग बेलको विरोध गर्नु पर्ने कुनै कारण छैन तर, मैले निर्णय गरिसके । सबैका लागि समय भएको छ । त्यसैले सबैले आफ्नो सुरक्षित बाटो खोजे हुन्छ ।’

क्लबले बेलको स्थानमा नयाँ खेलाडीलाई मैदान उतार्ने लक्ष्य समेत बनाएको जिदानले बताएका छन् । उनले बेलको स्थानमा जापानीज युवा खेलाडी टेकेफुजा कुडोले स्थान लिन सक्ने समेत बताएका छन् । वार्यनविरुद्धको खेलमा कुडोले खेलेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : १७ बजे

सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरण : दलित आयोग

काठमाडौं– राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण लामो समयदेखि

सवारी दुर्घटनामा एक जनाको मृत्यु

गुल्मी– रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५

शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन् : अध्ययन प्रतिवेदन

खोटाङ– पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई