विषादी परीक्षण गर्न अत्याधुनिक उपकरण ल्याउने काठमाडौं महानगरको तयारी « Khabarhub

विषादी परीक्षण गर्न अत्याधुनिक उपकरण ल्याउने काठमाडौं महानगरको तयारी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान ल्याउने भएको छ । पछिल्लो समय तरकारीमा विषादीको मात्रा अत्याधिक रहेको खबर फैलिएसँगै महानगरले यो योजना अघि सारेको हो ।

काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विषादी परीक्षण गर्ने उपकरण खरिद गर्न लागिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘विषादीको प्रयोग नभएको तरकारी तथा फलफूलमात्र बिक्री–वितरण गर्न नियमित रुपमा गुणस्तर परीक्षण गरिनेछ’ प्रवक्ता डंगोलले भने, ‘यसका लागि अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान प्रयोगमा ल्याइनेछ ।’

विषादी परीक्षण मेसिन प्रयोगमा आएपछि वस्तुको गुणस्तर मापदण्डअनुसार भए/नभएको थाहा हुनेछ ।

३ वर्षभित्र काठमाडौंमा मोनो रेल चलाउने योजना

महानगरले आगामी ३ वर्षभित्र काठमाडौंमा मोनो रेल सञ्चानमा ल्याउने कार्ययोजना तय गरेको छ । महानगरले पारित गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र मोनो रेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउनेसमेत उल्लेख गरिएको छ ।

फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेला हल निर्माण, बालाजु बाईसधाराको स्तरोन्नती, महानगर क्षेत्र भित्र बन्ने सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै गरी प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार लागि आगामी दुई वर्षभित्र विद्यालय सञ्चालन गर्ने समेत कार्यक्रममा समावेश गरिएको छ ।

जेष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ सञ्चालनमा ल्याउने महानगरको योजना रहेको डंगोलले बताए । त्यसका लागि ‘महानगरले आवश्यक बजेटको व्यवस्था गरिएको छ’ उनले भने ।

यसैबीच, महानगरको पाँचौ नगर अधिवेशनको चौथो पटक बसेको बैठकले १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ३ : ०० बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई