काङ्ग्रेसले साउन १६ देखि सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने « Khabarhub

काङ्ग्रेसले साउन १६ देखि सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए । समितिका सदस्यमा डा. आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन् ।

बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ । समितिका सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कङ्ग्रेन रहेका छन् । यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा गठन गरिएको स्रोत व्यवस्थापन समितिमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, कमला लामिछाने, भगिरथ पोद्दार र योगराज शर्मा कँडेल सदस्य रहेका छन् ।

बैठकले काङ्ग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही साउनभित्रै काठमाडौँमा गर्ने निर्णयसमेत गरेको सचिव आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ३ : १७ बजे

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक