मानव अधिकारको संरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने « Khabarhub

मानव अधिकारको संरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मानव अधिकारको संरक्षणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आगामी कार्तिकको २६, २७ र २८ गते काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष अनुपराज शर्माले विदेशमा काम गर्न जाने ४० लाखभन्दा बढी मजदुरहरुको हक, अधिकारलाई सुनिश्चित गराउने गरी सम्बन्धित राष्ट्रहरुसहितको उपस्थितिमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । सम्मेलनमा नेपाली कामदार जाने देशका सरकार तथा मानव अधिकार आयोगका पदाधिकारीहरु सहभागी हुनेछन् ।

विदेशमा काम गर्न जाने कामदारहरुले अनेक पीडा भोग्नु परेपछि ती समस्या समाधानका लागि सन् २०१० बाटै विभिन्न मुलुकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने गरेको छ ।

नेपालमा पनि विदेशमा काममा जाने नागरिकहरुको संख्या उल्लेख्य रहेका छन । उनीहरुको मानव अधिकारसँग सम्बन्धित समस्या समस्या समाधानका लागि आवश्यक रणनीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको आयोगका अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : ३४ बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि