मानव अधिकारको संरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने « Khabarhub

मानव अधिकारको संरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मानव अधिकारको संरक्षणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आगामी कार्तिकको २६, २७ र २८ गते काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष अनुपराज शर्माले विदेशमा काम गर्न जाने ४० लाखभन्दा बढी मजदुरहरुको हक, अधिकारलाई सुनिश्चित गराउने गरी सम्बन्धित राष्ट्रहरुसहितको उपस्थितिमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । सम्मेलनमा नेपाली कामदार जाने देशका सरकार तथा मानव अधिकार आयोगका पदाधिकारीहरु सहभागी हुनेछन् ।

विदेशमा काम गर्न जाने कामदारहरुले अनेक पीडा भोग्नु परेपछि ती समस्या समाधानका लागि सन् २०१० बाटै विभिन्न मुलुकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने गरेको छ ।

नेपालमा पनि विदेशमा काममा जाने नागरिकहरुको संख्या उल्लेख्य रहेका छन । उनीहरुको मानव अधिकारसँग सम्बन्धित समस्या समस्या समाधानका लागि आवश्यक रणनीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको आयोगका अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : ३४ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले