सरकारकै कारण संघीयता गुम्ने खतराः डा.कोइराला | Khabarhub Khabarhub

सरकारकै कारण संघीयता गुम्ने खतराः डा.कोइराला


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको कार्यशैलीका कारण जनतामा वितृष्णा पैदा भएको जनाएका छन् ।  नेपाली कांग्रेस, तरुण विभाग मोरङले बिराटनगरमा आयोजना गरेको ‘तरुण युवासँग कांग्रेस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले सरकारकै कारण संघीयता गुम्ने खतरामा रहेको बताएका हुन् ।

नेता डा कोइरालाले गुट र उपगुटमा विभाजित भएकै कारण कांग्रेस कमजोर भएको बताउँदै पार्टीलाई पुरानै अवस्थामा फर्काउन गुटगत राजनीति त्याग्नुपर्ने बताए । उनले पार्टीभित्र वैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएको हुँदा राम्रा र योग्य व्यक्तिले पार्टीमा उचित स्थान पाउन नसकेको जिकिर गरे ।

आफूलाई पदको कुनै लोभ नभएको बताउॅदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउन अब कुनै कसर बाँकी नराख्ने बताए ।

‘गाउँ र दुर–दराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागी जीवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको छु। यो तरिकाले पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेको छु । अब पनि हामी जिम्मेवार नभए कहिले हुने ?’ डा शेखर कोइरालाले भने ।

‘कुनै बेला बीपी, सुवर्णशमसेर, गणेशमान र किसुनजीका बिचमा चरम बैचारिक मत भिन्नता थियो। उहॉहरु आ–आफ्नो बिचारमा अडिग हुनुहुन्थ्यो तर कहिल्यै त्यस्ता मत भिन्नता कार्यकर्ता सामू आएनन् ।’, डा कोइरालाले भने, ‘अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होइन कार्यकर्ताको मानसिकता पनि बिभाजित बन्न पुगेका छौं ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेस सभा सदस्य केदार कार्की लगायतले कांग्रेसलाई बलियो बनाउने जिम्मा तरुण युवाहरुको काधमा रहेको बताएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ३१ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित