सरकारकै कारण संघीयता गुम्ने खतराः डा.कोइराला « Khabarhub

सरकारकै कारण संघीयता गुम्ने खतराः डा.कोइराला


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको कार्यशैलीका कारण जनतामा वितृष्णा पैदा भएको जनाएका छन् ।  नेपाली कांग्रेस, तरुण विभाग मोरङले बिराटनगरमा आयोजना गरेको ‘तरुण युवासँग कांग्रेस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले सरकारकै कारण संघीयता गुम्ने खतरामा रहेको बताएका हुन् ।

नेता डा कोइरालाले गुट र उपगुटमा विभाजित भएकै कारण कांग्रेस कमजोर भएको बताउँदै पार्टीलाई पुरानै अवस्थामा फर्काउन गुटगत राजनीति त्याग्नुपर्ने बताए । उनले पार्टीभित्र वैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएको हुँदा राम्रा र योग्य व्यक्तिले पार्टीमा उचित स्थान पाउन नसकेको जिकिर गरे ।

आफूलाई पदको कुनै लोभ नभएको बताउॅदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउन अब कुनै कसर बाँकी नराख्ने बताए ।

‘गाउँ र दुर–दराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागी जीवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको छु। यो तरिकाले पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेको छु । अब पनि हामी जिम्मेवार नभए कहिले हुने ?’ डा शेखर कोइरालाले भने ।

‘कुनै बेला बीपी, सुवर्णशमसेर, गणेशमान र किसुनजीका बिचमा चरम बैचारिक मत भिन्नता थियो। उहॉहरु आ–आफ्नो बिचारमा अडिग हुनुहुन्थ्यो तर कहिल्यै त्यस्ता मत भिन्नता कार्यकर्ता सामू आएनन् ।’, डा कोइरालाले भने, ‘अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होइन कार्यकर्ताको मानसिकता पनि बिभाजित बन्न पुगेका छौं ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेस सभा सदस्य केदार कार्की लगायतले कांग्रेसलाई बलियो बनाउने जिम्मा तरुण युवाहरुको काधमा रहेको बताएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ३१ बजे

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन