विभिन्न देशका मेयरलाई बोलाएर इन्द्रजात्रा मनाउँदै काठमाडौं महानगरपालिका « Khabarhub

विभिन्न देशका मेयरलाई बोलाएर इन्द्रजात्रा मनाउँदै काठमाडौं महानगरपालिका


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय पर्व इन्द्रजात्रालाई विश्वभर नेपाललाइ चिनाउने चाडका रुपमा मनाउने बताएका छन् ।

बुधबार इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा मेयर शाक्यले इन्द्रजात्रा नेवार समुदायको मात्र नभइ राष्ट्रिय पर्व भएको बताए ।

‘इन्द्रजात्रा नेवाः समूदायको मात्र पर्व होइन यो राष्ट्रिय पर्व हो, यसलाई सबै जातजातिको साझा पर्वका रुपमा मनाउनुपर्छ,’ शाक्यले भने, ‘नेवाः समूदायको बाहुल्यता भएको ठाउँमा भएकाले स्वाभाविक रुपमा नेवाः समूदायले पर्वको समन्वय गर्ने र यो सबैको साझा पर्व हो’ ।

मेयर शाक्यले छलफलका क्रममा विगतका वर्षमा भन्दा यो वर्ष इन्द्रजात्रालाई भव्य रुपमा सम्पन्न गर्न महानगरपालिकाले विषेश समन्वय गरेको पनि जानकारी दिए ।

‘हामीले इन्द्रजात्रा अवलोकनका लागि यो वर्ष महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विभिन्न देशका धेरै नगर प्रमुखहरूलाई निम्ता गरेका छौँ’ उनले भने ‘त्यस मध्ये १३ वटा नगरपालिकाका ५ मेयरसहित ४८ जनाले सहभागिता जनाउने निश्चित भइसकेको छ,’ ।
उनका अनुसार महानगर अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । महानगरले पाहुनालाई निम्ता गर्नुको प्रमुख कारण नेपाल चिनाउनका लागि पनि हो ।

चीन, जापान र संयुक्त राज्य अमेरिकाबाट इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त–अमूर्त सम्पदाका बारेमा जानकारी गराउने तयारी समेत महानगरपालिकाले गरेको छ ।

‘चार रात पाँच दिनका लागि नेपाल आउने पाहुनालाई हनुमानढोका दरबार, स्वयम्भू, चन्द्रागिरी पाटन, भक्तपुर दरबार स्क्वायर लगायतका स्थानको अवलोकन गराउने तयारी भएको छ,’ मेयर शाक्यले भने, ‘यहाँको सँस्कृति, सम्पदा र पर्यटनका बारेमा जानकारी गराउन पाहुनालाई नासल चोकमा रात्रिभोज सहित साँस्कृतिक कार्यक्रम गर्ने तयारी पनि हामीले गरेका छौँ ।’

त्यसैगरी महाकाली नाच, लाखे नाच, पुलुकिसि नाचसँगै कुमारीको दर्शन र जात्रासँग सम्बन्धित विभिन्न गुठीबारे जानकारी गराउने पनि महानगरपालिकाले तयारी गरेको छ ।

उनले यसले भगिनी सम्बन्ध स्थापित गरेका नगरसँग यहाँको पर्यटन प्रवद्र्धनका बारेमा अनुभव आदन–प्रदान हुने बताएका छन् ।

विगतमा इन्द्रजात्राका लागि केन्द्र सरकारले नै आर्थिक सहयोग गर्दै आएको बताउँदै उनी भन्छन्, ‘सरकारको अनुमति अनुसार नै अघिल्लो वर्षदेखि स्थानीय सरकारले सहयोग गर्ने गरेको छ ‘इन्द्रजात्राको सबै तयारी गर्नुहोला महानगरपालिकाले आर्थिक अभाव हुन दिदैँन,’ शाक्यले भने ‘स्थानीय सरकारसँग मिलेर यहाँका पर्व–जात्रा लगायत सबै सम्पदा र संस्कृतिको जगेर्ना गरौँ ।’

यसरी मनाइन्छ

राजा गुणकामदेवले व्यवस्थित काठमाडौं शहर बसाए पछि त्यसैको सम्झना स्वरुप इन्द्रजात्रा अर्थात ‘यँयाः’ पर्व चलाएको विश्वास गरिन्छ । ‘यँयाः’ अर्थात इन्द्रजात्रा काठमाडौंकै नामबाट चलाइएको पर्व भएको कारणले पनि काठमाडौं महानगरपालिकाले यो जात्रालाई विशेष महत्व दिई अन्तर्राष्ट्रिय रुपमै प्रचार हुने शैलीमा मनाउन लागिएको हो ।

आठ दिनसम्म चल्ने यो जात्रा हनुमानढोकामा लिंगो उठाए पछि शुरु हुन्छ । त्यस पछि जीवित देवदेवीहरू श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ काठमाडौंको माथिल्लो र तल्लो भेगमा तान्ने, इन्द्रका आमाका रुपमा परिचित दागिं निकालिने, मरु टोलको बीचमा इन्द्रदेवलाई बाँधेर पूजा गर्ने, राति बौमत निकालिने, पुरानो काठमाडौंको सीमा क्षेत्र परिक्रमा गर्ने गरी उपाकू घुम्ने, हनुमानढोकामा अवस्थित स्वेत भैरव (हाथुद्यः) र इन्द्रचोकमा अवस्थित आकाश भैरव (आजुद्यः) को मुखबाट पितृका नाममा जाँडको तर्पण गर्ने आदि जस्ता सांस्कृतिक कार्यहरू यो जात्रामा गरिन्छ । इन्द्रजात्राकै बेलादेखि काठमाडौंमा कुहिरो लाग्न शुरु हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  २ : ०२ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने