अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ « Khabarhub

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ ।

स्थानीय संचार माध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई गिरफ्तार गरेको थियो । मेम्फिसको चर्चमा बिहीबार गोली हानी त्यहाँ भेला भएका व्यक्तिहरुको सामूहिक हत्या गर्ने योजना बनाएको कुरा म्याकभिकरले साथीहरुलाई सुनाएको आधारमा उनलाई पक्राउ गरिएको हो ।

एफबिआईको अनुसन्धानमा ती व्यक्ति मानसिक बिरामी रहेका र उनको साथमा रुगर पी ९० ह्यान्डगन रहेको फेला परेको थियो ।

म्याकभिकरकी आमाले आफ्नो छोरा सिजोफ्रेनिया (मनोरोग)बाट ग्रस्त रहेको र कहिलेकाहीँ कोकिनजस्ता लागूपदार्थ समेत सेवन गर्ने गरेको बताइन् ।

अमेरिकामा केही वर्षदेखि सार्वजनिक स्थलहरुमा सामूहिक हत्याकाण्डका घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  २ : ०५ बजे

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को