थारू सम्मेलनमा नेकपाको असहमति « Khabarhub

थारू सम्मेलनमा नेकपाको असहमति


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भजनी– यही भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

उनीहरूले भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनको कार्यक्रमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक उद्देश्य र आधिकारिक संस्थागत आयोजक नभएका कारण आफूहरूको संलग्नता नरहने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

थारू राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समितिका सचिव प्रेमबहादुर डङ्गौराले थारूवान् र थरूहट सम्मेलन सबै थारूहरूलाई एकताबद्ध गर्नुभन्दा पनि विखण्डनतिर लिने गरी कार्यक्रमको आयोजना भएको भन्दै नेतृत्वविहीन, उद्देश्यविहीन कार्यक्रममा आफूहरूको सहभागिता नरहने बताए । उनले २०७२ भदौ ७ गतेको घटनामा मुछिएका व्यक्तिको नाम बेचेर राजनीतिक फाइदा लिन खोजेको पनि बताए ।

त्यस्तै, फिरुलाल चौधरीले थारूहरूको हक, हितका लागि बनेको थारू कल्याणकारिणीको समेत सहभागिता नरहेको उक्त सम्मेलनको कुनै तुक नरहेको बताउँदै आयोजक समितिमा मनोगत रुपमा केही व्यक्तिको नाम समावेश गरेकोमा आपत्ति जनाए। थारूहरूको राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भइसकेको र यो सम्मेलन नामको मात्र सम्मेलन हुने उनले बाए।

थरूहट/थारूवान् राष्ट्रिय सम्मेलन आयोजक समितिले यही भदौ ७, ८ र ९ गते हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै समितिले सम्मेलनलाई कुनै राजनीतिकरुपमा नलिन सबैमा आग्रह गरेको छ ।

थरूहट/थारूवान् राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिका संयोजक मीनराज चौधरीले राज्यबाट सधैँ दमन र शोषणमा परेको थारू समुदायले राखेका जायज मुद्दामा सहमति भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै सम्पूर्ण थारू समुदायलाई सम्मेलन सफल पार्नका लागि सहयोग गर्न आग्रह गरे । उनले विसं २०७२ भदौ ७ र ८ गतेको घटनामा बिग्रिएको सामाजिक सद्भावलाई मजबुद बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउँदै राजनीतिक विचारधाराबाट यो सम्मेलन आयोजना नगरिएको स्पष्ट पारे ।

त्यस्तै, थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनका लक्ष्मण थारूले नेपालका २५ जिल्लाबाट थारू प्रतिनिधिको सहभागिता रहने सम्मेलनलाई टीकापुरको सद्भाव बिगार्न जमघट नहुने बताउँदै सद्भाव कायमका लागि सम्मेलनको आयोजना गरिएको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ३ : ४१ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने