नक्कली सर्टिफिकेटका आधारमा सरकारी कार्यालयको इन्जिनियर ! « Khabarhub

नक्कली सर्टिफिकेटका आधारमा सरकारी कार्यालयको इन्जिनियर !


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक व्यक्तिले नक्कली सैक्षिक योग्यताको प्रमाणपत्र (सर्टिफिकेट)का आधारमा सरकारी कार्यालयमा सब–इन्जियर पदमा जागिर खाएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको गरेको छानबिनका क्रममा साना सिँचाइ कार्यक्रम दैलेखमा सब इन्जिनियरका रुपमा कार्यरत सलबहादुर बुढाको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको भेटिएको हो ।

अख्तियारका अनुसार बुढाले त्रिभुवन विश्वविद्यालयबाट ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ उत्तीर्ण गरेको प्रमाण पत्रका आधारमा सब–इन्जिनियरको जागिर खाएका थिए ।

तर, अनुसन्धनका क्रममा उनले पेश गरेको त्रिविको सर्टिफिकेट नक्कली प्रमाणित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले नक्कली सर्टिफिकेटका आधारमा सरकारी पद धारण गरेको अभियोगमा बुढाविरुद्ध १ वर्ष कैद र २० हजार रुपैयाँ जरिवना मागदाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ०१ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर