नक्कली सर्टिफिकेटका आधारमा सरकारी कार्यालयको इन्जिनियर ! | Khabarhub Khabarhub

नक्कली सर्टिफिकेटका आधारमा सरकारी कार्यालयको इन्जिनियर !


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक व्यक्तिले नक्कली सैक्षिक योग्यताको प्रमाणपत्र (सर्टिफिकेट)का आधारमा सरकारी कार्यालयमा सब–इन्जियर पदमा जागिर खाएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको गरेको छानबिनका क्रममा साना सिँचाइ कार्यक्रम दैलेखमा सब इन्जिनियरका रुपमा कार्यरत सलबहादुर बुढाको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको भेटिएको हो ।

अख्तियारका अनुसार बुढाले त्रिभुवन विश्वविद्यालयबाट ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ उत्तीर्ण गरेको प्रमाण पत्रका आधारमा सब–इन्जिनियरको जागिर खाएका थिए ।

तर, अनुसन्धनका क्रममा उनले पेश गरेको त्रिविको सर्टिफिकेट नक्कली प्रमाणित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले नक्कली सर्टिफिकेटका आधारमा सरकारी पद धारण गरेको अभियोगमा बुढाविरुद्ध १ वर्ष कैद र २० हजार रुपैयाँ जरिवना मागदाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ०१ बजे

काठमाडौं–

शिक्षक आन्दोलनको मार : बिदामा पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे

विश्वकप लिग-२ : युएईको निरन्तर कमजोर प्रदर्शन, स्कटल्यान्ड आठ विकेटले विजयी

काठमाडौं – आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ मा संयुक्त अरब

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ