बजेट कार्यान्वयन गर्न माग « Khabarhub

बजेट कार्यान्वयन गर्न माग


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णालीका सांसदले आव २०७५/७६ को बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

कर्णाली प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले कर्णाली प्रदेश सरकारको बजेटलाई कार्यान्वयन प्रक्रियामा बढाउन माग गरेका हुन् ।

विशेष समयमा प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले बजेट कार्यान्वयन प्रक्रिया तत्काल शुरु गर्न माग गर्नुभयो । भौगोलिकरुपमा धेरै विकट प्रदेश भएकाले बजेट कार्यान्वयनमा ढिला गर्न नहुने शाहीको भनाइ थियो ।

त्यस्तै नेकपाका प्रदेशसभा सदस्य यामलाल कँडेलले साउन महीना पूर्वतयारी र भदौ महीनामा कार्यान्वयनको चरण भएकाले बजेट कार्यान्वयनको तयारी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए । जुन उद्देश्यले बजेटको विनियोजन गरिएको हो त्यसको मर्मअनुसार लक्षित वर्गसम्म पु¥याउन बजेट कार्यान्वयन जरुरी भएको उनको भनाइ छ ।
प्रदेशसभासदस्य शोशिला शाही, चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया, मिनसिंह रखाल, दानसिंह परियार, ठम्बर विष्ट र रातो कामीले जनताका आधारभूत आवश्यकता पूरा गर्न तत्काल बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ४१ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न