बजेट कार्यान्वयन गर्न माग | Khabarhub Khabarhub

बजेट कार्यान्वयन गर्न माग


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णालीका सांसदले आव २०७५/७६ को बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

कर्णाली प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले कर्णाली प्रदेश सरकारको बजेटलाई कार्यान्वयन प्रक्रियामा बढाउन माग गरेका हुन् ।

विशेष समयमा प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले बजेट कार्यान्वयन प्रक्रिया तत्काल शुरु गर्न माग गर्नुभयो । भौगोलिकरुपमा धेरै विकट प्रदेश भएकाले बजेट कार्यान्वयनमा ढिला गर्न नहुने शाहीको भनाइ थियो ।

त्यस्तै नेकपाका प्रदेशसभा सदस्य यामलाल कँडेलले साउन महीना पूर्वतयारी र भदौ महीनामा कार्यान्वयनको चरण भएकाले बजेट कार्यान्वयनको तयारी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए । जुन उद्देश्यले बजेटको विनियोजन गरिएको हो त्यसको मर्मअनुसार लक्षित वर्गसम्म पु¥याउन बजेट कार्यान्वयन जरुरी भएको उनको भनाइ छ ।
प्रदेशसभासदस्य शोशिला शाही, चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया, मिनसिंह रखाल, दानसिंह परियार, ठम्बर विष्ट र रातो कामीले जनताका आधारभूत आवश्यकता पूरा गर्न तत्काल बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ४१ बजे

काठमाडौं–

शिक्षक आन्दोलनको मार : बिदामा पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे

विश्वकप लिग-२ : युएईको निरन्तर कमजोर प्रदर्शन, स्कटल्यान्ड आठ विकेटले विजयी

काठमाडौं – आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ मा संयुक्त अरब

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ