पहिलो पटक दौरासुरुवाल लगाउँदा बाबुराम मख्ख ! | Khabarhub Khabarhub

पहिलो पटक दौरासुरुवाल लगाउँदा बाबुराम मख्ख !


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री तथा प्रधानमन्त्री हुँदा राष्ट्रिय पोशाक दौरासुरुवाल नलगाएर चर्चामा आएका डा बाबुराम भट्टराई दौरासुरुवालमा ठाँटिदा फेरि चर्चामा आएका छन् ।

कर्णाली प्रदेश पुगेका नयाँ शक्ति नेपालका संयोजक डा भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएर ठाँटिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले आफैं सामाजिक सञ्जाल ट्वीटरमार्फत दौरासुरुवालमा कर्णाली पुगेको लेखेका छन् ।

जीवनमै पहिलो पटक दौरासुरुवालमा देखा परेका उनी निक्कै खुसी र मख्ख देखिन्छन् । उनीसँगै रहेकी श्रीमती हिसिला यमी पनि निक्कै खुशी मुद्रामा देखिन्छिन्। पहिलो पटक दौरासुरुवाल लगाएर नै होला बाबुराम निक्क फरक देखिएका छन् ।

खस बाहुल्य कर्णाली प्रदेशको पोशाक दौरासुरुवाल भएकाले आफूले पनि कर्णाली पूग्दा स्थानीय पोशाक लगाएको भट्टराईको दाबी छ ।

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ११ : ०२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ