‘लभ स्टेशन’ टिमले दियो मेघालाई एक लाख « Khabarhub

‘लभ स्टेशन’ टिमले दियो मेघालाई एक लाख


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ स्टेशन’ टिमले करेन्ट लागेर दुवै हात गुमाएकी मोरङकी मेघा गुरुङलाई आर्थिक सहयोग गरेको छ । निर्माण टिमले भक्तपुरस्थित मेघाकै डेरामा पुगर नगद १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

अभिनेता प्रदीप खड्कासहित नायिका जसिता गुरुङ, निर्माता गोविन्द शाहीले एकसाथ रकम हस्तान्तरण गरे ।

आर्थिक सहयोगको आवश्यकता परेको थाहा पाएपछि निर्माण टिमले मेघालाई सहयोग गरेको हो । सहयोग रकम पाएपछि मेघाले कलाकार आफूलाई भेट्न घरमै आउँदा खुशी लागेको बताइन् ।

तस्वीर – निर्माण टिम

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप र जसिताको जोडी छ । फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारले अभिनय गरेका छन् ।

काफिया फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्म चैत्र २२ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : २९ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर