म्युजिक भिडियोमा मात्र सीमित केकी ? | Khabarhub Khabarhub

म्युजिक भिडियोमा मात्र सीमित केकी ?


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीले आफ्नै लगानीमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाइन् । फिल्मले करोड कमाएको भन्दै केक पनि काटिन् तर उनलाई यो फिल्मले यति विवादमा ल्याइदियो कि, फिल्मलाई हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट कपी गरेको आरोप लाग्यो ।

खुबै तडकभडक गरेर फिल्म निर्माण त गरियो तर फिल्मले पानी खान पनि पाएन । व्यावसायिक हिसाबले पनि फिल्म फ्लप रह्यो ।

पछिल्लो समय एक गायकसँग प्रेम सम्बन्धमा परेको हल्लामा समेत ‘हटकेक’ बनेकी केकी आजभोलि भने म्युजिक भिडियोमै सीमित देखिएकी छिन् । अहिले उनी ‘सरकारी जागीर’ फिल्ममा काम गरिरहेकी छिन् भने ‘कोहलपुर एक्सप्रेस’ कै टिमले अर्को फिल्म निर्माण गर्ने चर्चा पनि छ ।

भलै केकीका फ्यानले भने लामो समयदेखि उनका फिल्म हेर्न पाएका छैनन् । बरु उनका म्युजिक भिडियोमा भने दोहोरिएकी छिन् ।

हुन त पछिल्लो समय केकीले अभिनय गरेका फिल्म पनि खासै हिट भएका छैनन् । यद्यपि उनलाई फिल्ममा नदेख्दा र म्युजिक भिडियोमा दोहोरिँदा निर्माताको नजरमा केकी पर्न छोडेकी हुन् कि भन्ने अड्कल काट्न थालिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : २४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र