म्युजिक भिडियोमा मात्र सीमित केकी ? « Khabarhub

म्युजिक भिडियोमा मात्र सीमित केकी ?


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीले आफ्नै लगानीमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाइन् । फिल्मले करोड कमाएको भन्दै केक पनि काटिन् तर उनलाई यो फिल्मले यति विवादमा ल्याइदियो कि, फिल्मलाई हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट कपी गरेको आरोप लाग्यो ।

खुबै तडकभडक गरेर फिल्म निर्माण त गरियो तर फिल्मले पानी खान पनि पाएन । व्यावसायिक हिसाबले पनि फिल्म फ्लप रह्यो ।

पछिल्लो समय एक गायकसँग प्रेम सम्बन्धमा परेको हल्लामा समेत ‘हटकेक’ बनेकी केकी आजभोलि भने म्युजिक भिडियोमै सीमित देखिएकी छिन् । अहिले उनी ‘सरकारी जागीर’ फिल्ममा काम गरिरहेकी छिन् भने ‘कोहलपुर एक्सप्रेस’ कै टिमले अर्को फिल्म निर्माण गर्ने चर्चा पनि छ ।

भलै केकीका फ्यानले भने लामो समयदेखि उनका फिल्म हेर्न पाएका छैनन् । बरु उनका म्युजिक भिडियोमा भने दोहोरिएकी छिन् ।

हुन त पछिल्लो समय केकीले अभिनय गरेका फिल्म पनि खासै हिट भएका छैनन् । यद्यपि उनलाई फिल्ममा नदेख्दा र म्युजिक भिडियोमा दोहोरिँदा निर्माताको नजरमा केकी पर्न छोडेकी हुन् कि भन्ने अड्कल काट्न थालिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : २४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा