हार्दा पनि रोनाल्डोको दम्भ : मैले ५ पटक च्याम्पियन्स लिग जितेको छु « Khabarhub

हार्दा पनि रोनाल्डोको दम्भ : मैले ५ पटक च्याम्पियन्स लिग जितेको छु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूइएफए च्याम्पियन्स लिगको अन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडसँग युभेन्टस पराजित भएपछि स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आक्रोशित बने । उनले हार स्वीकार्नुको सट्टा आफूले पाँच पटक च्याम्पियन्स लिग जितेको प्रतिक्रिया दिए ।

बुधबार मड्रिडको वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा युभेन्टस एट्लेटिको मड्रिडसँग २–० गोल अन्तरले पराजित भएको थियो । हारपछि आक्रोशित बनेका युभेन्टसका स्टार स्ट्राइकर रोनाल्डोले करियरमा आफूले जिते जति च्याम्पियन्स लिगको उपाधि एट्लेटिको मड्रिडले जित्न नसकेको प्रतिक्रिया दिएका थिए ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले आफूले करिअरमा ५ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको तर, एट्लेटिको मड्रिडले एक पटक पनि च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको सङ्केत गरे ।

पत्रकार सम्मेलनका क्रममा उनले आफूले ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको सङ्केत गर्दै ५ औँला देखाएका थिए । त्यसपछि एट्लेटिकोले हालसम्म एउटा पनि च्याम्पियन्स लिग जित्न नसकेको सङ्केत गर्दै उनले शुन्य अंकको इशारा दिएका थिए । क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेडबाट एक तथा स्पेनिश क्लब रियल मड्रिडबाट ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

म्यान्चेष्टर युनाइटेडबाट उनले सन् २००७–०८ सिजनको च्याम्पिन्स लिगको उपाधि जितेका थिए । त्यस्तै उनले रियल मड्रिडबाट सन् २०१३–१४, २०१५–१६, २०१६–१७ र २०१७–१८ को सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

यता १ सय १५ वर्ष अगाडि स्थापना भएको एट्लेटिको मड्रिडले हालसम्म कुनै पनि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । एट्लेटिको मड्रिड सन् १९७४, २०१४ र २०१६ मा च्याम्पियन्स लिगमा उपविजेतामा सिमित बनेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : ५९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको