अर्को क्युबाली क्षेप्यास्त्र संकटका लागि रुस तयारः पुटिन | Khabarhub Khabarhub

अर्को क्युबाली क्षेप्यास्त्र संकटका लागि रुस तयारः पुटिन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले चाहे क्युबाली क्षेप्यास्त्र संकट शैलीको अर्को संकटका लागि पनि तयार रहेको चेतावनी दिएका छन् । राष्ट्रपति पुटिनले रुसी सञ्चारमाध्यमसँग कुराकानीका क्रममा अमेरिकाले क्युबाली क्षेप्यास्त्र संकट शैलीको संकट निम्त्याउनसम्मको मूखर्ता गरे त्यसका लागि रुसी सेना तयार रहेको चेतावनी दिएका हुन् ।

सन् १९६२ मा तत्कालीन सोभियत संघले अमेरिकानजिक क्युबामा क्षेप्यास्त्र राखेपछि अमेरिका र सोभियत संघबीच आणविक युद्ध हुने चिन्ता उत्पन्न भएको थियो । त्यसअघि उनले रुसी संसद्लाई सम्बोधन गर्दै अमेरिकाले रुसको सीमानजिक युरोपमा क्षेप्यास्त्र राखेमा रुसले पनि अमेरिकाको सीमानजिक वा अमेरिकासम्म मार हान्नेसक्ने क्षेप्यास्त्रको विकास गर्ने चेतावनी दिएका थिए ।

अमेरिकाले तत्कालिन सोभियत संघसँग दशकौँ अघि गरेको मध्यम दुरीको आणविक क्षेप्यास्त्र विकाससम्बन्धी सम्झौताबाट बाहिरिने घोषणा गरेपछि रुस र अमेरिकाबीच पुनः हतियार उत्पादनको होडबाजी चल्ने चिन्ता व्यक्त हुन थालेका छन् ।

राष्ट्रपति पुटिनले अमेरिकाले पूर्वी युरोपमा क्षेप्यास्त्र राखेमा रुसले पनि अमेरिकाको जलक्षेत्रनजिक पनडुब्बी तथा युद्धपोतमा क्षेप्यास्त्र तैनाथ गर्नसक्ने चेतावनी दिएका थिए ।

यता अमेरिकाले भने पुटिनको वक्तव्यबाजीलाई प्रोपागाण्डाको संज्ञा दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले पुटिनको भनाइ रुसले गर्दै मध्यम दुरीको आणविक शक्ति आइएनएफ सम्झौताको उल्लङ्घनको विषयलाई तोडमोड गर्नका लागि आएको प्रतिक्रिया दिएको छ ।
आइएनएफ सम्झौताले रुस र अमेरिकालाई युरोपमा मध्यम दुरीको आणविक हतियार राख्न बन्देज लगाएको छ । तर, त्यस सम्झौता खारेज भएमा रुस र अमेरिकाबीच हतियारको होडबाजीका लागि युरोप खेलमैदान हुनसक्ने बताइन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : ४४ बजे

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले अधिक तरलता कायम रहेपछि आज ५०

फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता

मनिला– आइतबारदेखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरूको सङ्ख्या

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो 

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली– मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो)

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा