अर्को क्युबाली क्षेप्यास्त्र संकटका लागि रुस तयारः पुटिन « Khabarhub

अर्को क्युबाली क्षेप्यास्त्र संकटका लागि रुस तयारः पुटिन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले चाहे क्युबाली क्षेप्यास्त्र संकट शैलीको अर्को संकटका लागि पनि तयार रहेको चेतावनी दिएका छन् । राष्ट्रपति पुटिनले रुसी सञ्चारमाध्यमसँग कुराकानीका क्रममा अमेरिकाले क्युबाली क्षेप्यास्त्र संकट शैलीको संकट निम्त्याउनसम्मको मूखर्ता गरे त्यसका लागि रुसी सेना तयार रहेको चेतावनी दिएका हुन् ।

सन् १९६२ मा तत्कालीन सोभियत संघले अमेरिकानजिक क्युबामा क्षेप्यास्त्र राखेपछि अमेरिका र सोभियत संघबीच आणविक युद्ध हुने चिन्ता उत्पन्न भएको थियो । त्यसअघि उनले रुसी संसद्लाई सम्बोधन गर्दै अमेरिकाले रुसको सीमानजिक युरोपमा क्षेप्यास्त्र राखेमा रुसले पनि अमेरिकाको सीमानजिक वा अमेरिकासम्म मार हान्नेसक्ने क्षेप्यास्त्रको विकास गर्ने चेतावनी दिएका थिए ।

अमेरिकाले तत्कालिन सोभियत संघसँग दशकौँ अघि गरेको मध्यम दुरीको आणविक क्षेप्यास्त्र विकाससम्बन्धी सम्झौताबाट बाहिरिने घोषणा गरेपछि रुस र अमेरिकाबीच पुनः हतियार उत्पादनको होडबाजी चल्ने चिन्ता व्यक्त हुन थालेका छन् ।

राष्ट्रपति पुटिनले अमेरिकाले पूर्वी युरोपमा क्षेप्यास्त्र राखेमा रुसले पनि अमेरिकाको जलक्षेत्रनजिक पनडुब्बी तथा युद्धपोतमा क्षेप्यास्त्र तैनाथ गर्नसक्ने चेतावनी दिएका थिए ।

यता अमेरिकाले भने पुटिनको वक्तव्यबाजीलाई प्रोपागाण्डाको संज्ञा दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले पुटिनको भनाइ रुसले गर्दै मध्यम दुरीको आणविक शक्ति आइएनएफ सम्झौताको उल्लङ्घनको विषयलाई तोडमोड गर्नका लागि आएको प्रतिक्रिया दिएको छ ।
आइएनएफ सम्झौताले रुस र अमेरिकालाई युरोपमा मध्यम दुरीको आणविक हतियार राख्न बन्देज लगाएको छ । तर, त्यस सम्झौता खारेज भएमा रुस र अमेरिकाबीच हतियारको होडबाजीका लागि युरोप खेलमैदान हुनसक्ने बताइन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : ४४ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई