तेल फेरि तताएर प्रयोग गर्नुहुन्छ ? मुटुरोग र क्यान्सरको हुन्छ खतरा « Khabarhub

तेल फेरि तताएर प्रयोग गर्नुहुन्छ ? मुटुरोग र क्यान्सरको हुन्छ खतरा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एकपटक प्रयोग गरिसकेपछि तेललाई पुनः तताएर प्रयोग गर्ने गर्नुहुन्छ ? यदी गर्ने गर्नु भएको छ भने सचेत हुनुहोस् यो स्वास्थ्यका हिसावले खतरनाक बन्न सक्छ ।

घरमा भन्दा पनि बाहिर खाइने खानेकुराहरु एक पटक प्रयोग गरिसकेको तेललाई पुन तताएर प्रयोग हुने गरेको हामीले देख्ने गरेका छौं ।

जस्तो मिठाइपसलमा मिठाइका परिकार बनाउने तेल कयौं दिनसम्म प्रयोग हुने गरेको पाउन सकिन्छ भने मासु तार्ने तेल पनि तताएर पुन प्रयोग भएको पाउन सकिन्छ । यदी यस्तो तेलमा पकाएको खानेकुराको प्रयोग गरियो भने मुटुसम्बन्धी समस्या देखिने जोखिम रहन जान्छ ।

तेललाई पटक पटक तताउँदा अल्डिहाइड नाम गरेको टोक्सिन उत्पन्न हुन्छ ।

यस्तो तेलको सेवन गरेपछि यसमा भएका टोक्सिनहरुले शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पुर्‍याउन सक्छ ।

सूर्यमुखीको तेल, भटमासको तेललाई पटक पटक तताउदा राम्रो अनस्याचुरेटेड फ्याट नराम्रो ट्रान्स फ्याटमा
परिणत हुनसक्छ ।

ट्रान्स फ्याट एक प्रकारको अनस्याचुरेटेड फ्याट हो, जसले नराम्रो कोलेस्ट्रोल एलडीएल कोलेस्ट्रोललाई बढाएर राम्रो कोलेस्ट्रोल एचडीएललाई घटाएर मुटुमा ब्लकेज हुने सम्भावना बढाउछ ।

ट्रान्स फ्याट चाहिं स्याट्रर्ड एनिमल फ्याट भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउछ ।

तेललाई पटक पटक तताउदा एक प्रकारको फोर हाइड्रोक्साइ ट्रान्स २ नोनिनल (एचएनई) नाम गरेको टोक्सिन बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ ।

त्यसैले तताएको तेललाई पुन प्रयोग गर्ने बारे विचार नगर्नुहोस् र बाहिर खाना खाँदा पनि यी पक्षबारे ध्यान दिनुहोस् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  २ : ४१ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी