सुहागरात बारेमा यसो भन्छ कामसूत्र « Khabarhub

सुहागरात बारेमा यसो भन्छ कामसूत्र


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वात्स्यायनले जब कामसूत्र लेखे त्यति बेला प्रेम विवाह भन्दा पनि मागी विवाहको प्रचलन बढी थियो । त्यति बेला फोन, फेसबुक र अन्य सामाजिक सञ्जाल थिएनन् ।

सामान्य अवस्थामा भन्नुपर्दा युवा युवतीले विवाहको रात मात्र राम्रोसँग आफ्नो जीवन साथीको अनुहार देख्न पाउँथे । त्यसैले सुहागरातको दिन पुरुषले के गर्ने के नगर्ने भन्ने बारेमा वात्स्यायनले केही ज्ञान दिएका थिए ।

यसका अलावा वात्स्यायनले कामसूत्रको माध्यमबाट यौन र शारीरिक सम्बन्धका बारेमा पनि जानकारी दिएका छन् ।

सुहागरातका बारेमा कामसूत्र के भन्छ ?

१.विवाहपछि पहिलो तीन दिन पति र पत्नी खाटमा नसुति जमिनमा सुत्नुपर्छ । आन्ददायी रुपमा सुत्नु र यौनलाई दिमागमा आउन दिन नहुने कामसूत्रको भनाइ छ ।

२. तीन दिनसम्म नूनको सेवन नगर्नुहोस् ।

३. अर्को सात दिनसम्म पति र पत्नी एक अर्कालाई चिन्नमा समय विताउँन् । यसका लागि उनीहरुले साथमा संगित श्रवण, खाना साथमा खाने र विवाहमा आएका पाहुनसँग भेटघार र कुराकानी गर्नुपर्छ । यसले गर्दा सम्बन्ध सुमधुर रहने गर्छ ।

४. विवाहको दशौं रातमा पुरुष स्त्री तर्फ विस्तार बढ्नुपर्छ । वात्सायनका अनुसार महिना नाजुक स्वभावकी हुन्छिन् । र यौनको कुनै पनि हतारोसँग उनी डराउँछिन् । त्यसैले यस्तो स्थितिमा सायद उनी यौनबाट सधैका लागि डराउँन सक्छिन्  । त्यसैले पुरुषले पहिला पत्निसँग नजिकिएर उसलाई अंगालो बेर्ने र यौनका लागि तयार गर्ने कार्य गर्नुपर्छ ।

५. पत्नी यदी अंकमालका लागि मानिन् भने पतिले उसलाई केही मिठाइ खुवाउने वा पान खुवाउने गर्नुपर्छ । पाख खानुको अर्थ पत्नी पनि यौन कार्यका लागि तयार छिन् भन्ने अर्थ लाग्छ ।

यदी पत्नीले पान खान मानिन् भने पतिले आग्रह गर्नुपर्छ । हात जोड्ने वा घुँडा मारेर अनुरोध गर्नुपर्ने अवस्था आएको खण्डमा पनि पर्नुपर्छ । तर जबरजस्ती शारीरिक सम्बन्ध बनाउँनु हुँदैन ।

६. यदी पत्नीले मानिन् भने उसलाई किस गरेर सोध्न जरुरी छ कि के उनी पतीसँग तत्काल यौन कार्य गर्न तयार छिन् । र उनले शिर नहल्लाउन्जेल प्रतिक्षा गर्नुपर्छ ।

वात्सायनका अनुसार जो पति पत्नीको हेरचाह गर्छ, र उसको कुरालाई मान्छ पत्नी उसका साथ यौन कार्य गर्न सहज मान्छिन् र यौनलाई गम्भीर रुपमा अनुभव पनि गर्छिन् तर जो पतिले पत्नीमाथि जवारको जस्तो व्यवहार गर्छ, यौनका लागि तयार नभएकी पत्नीलाई जबरजस्ती गर्छ त्यस्तासँग यौनको इच्छा पत्नीमा हुँदैन र जबरजस्ती गरिएको यौनमा आनन्दता प्राप्त हुँदैन ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ५ : १५ बजे

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त