जापान पुगिन् राष्ट्रपति भण्डारी « Khabarhub

जापान पुगिन् राष्ट्रपति भण्डारी


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतवार राति राजधानी टोक्यो पुगेकी छिन् ।

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतवार राति १० बजे थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै जापान पुगेको हो।

राष्ट्रपति भण्डारीलाई हानेदा एयरपोर्टमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली राजदूतावासका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी छन् ।

जापानी सम्राट् नोरुहितोको कात्तिक ५ गते मङ्गलबार हुने राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ४४ बजे

व्यापार र विकास सहकार्यमा नेपालको आग्रह

काठमाडौं- नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको