पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हिमपातको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमासहित) « Khabarhub

पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हिमपातको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमासहित)


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशको पश्चिमि भेगका केहि स्थानमा मौसम सामान्यतया सफा रहेतापनि बाँकी भागमा भने सामान्य बदलीको अवस्था रहने महाशाखाको पूर्वानुमान छ ।

अरब सागरको पूर्वी–मध्य भागमा एउटा निम्न चापीय प्रणाली विकशित भैरहेको अवस्थामा छ । साथै भारतको उत्तरप्रदेशमा अर्को निम्न चापीय प्रणाली अवस्थित रहेको छ । यस संगै उत्तर–पश्चिमी भारतमा पश्चिमी वायुको प्रभाव पनि रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्था

कार्तिक ०४ गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ |

राति: देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै र पश्चिमि पहाडि भु-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०६ गते (बुधबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशका देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा बांकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ५२ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध