अघिल्लो वर्षभन्दा चाँडै यसकारण बढ्यो जाडो « Khabarhub

अघिल्लो वर्षभन्दा चाँडै यसकारण बढ्यो जाडो


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गत वर्षको तुलनामा चाडै जाडो बढेको जनाएको छ ।

केही दिन यता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसउार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो चाँडै बढेको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।

महाशाखाका अनुसार ‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको छ । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुन थालेको छ ।

काठमाडौं उपत्यकामा मात्र नभएर तराईका जिल्लामा समेत जाडो केही दिनमा बढ्ने महाशाखाको पूर्वानुमान छ । तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलो लाग्ने संकेत देखिएको छ ।

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाले महाशाखाले पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : ४४ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)