आफूलाई सधैँ फिट राख्न के गर्ने ? जानी राखौँ यी उपाय « Khabarhub

आफूलाई सधैँ फिट राख्न के गर्ने ? जानी राखौँ यी उपाय


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अहिलेका हरेक मानिस आफूलाई हरेक कुरामा फिट राख्न चाहन्छन् । त्यसमा पनि स्वास्थ्य र सौन्दर्यलाई बढी नै ख्याल गर्छन् । कोही पनि आफूलाई अरुले नराम्रो भनेको कुरा सुन्न चाहँदैनन् ।

उमेरले डाँडा काटे पनि जवान हुने सबैले चाहना राख्छन् । तर यस्तो चाहना राखेरमात्रै पनि हुँदैन । स्वास्थ र सुन्दर हुनका लागि फिटनेसप्रति पनि ध्यान दिन आवश्यक हुन्छ । अनि मात्रै तन्दुरुस्त बन्न सकिन्छ ।

यसका लागि आफ्नो फिटनेसको कसरी ख्याल गर्नुपर्छ भन्ने सन्दर्भमा यहाँ केही टिप्सबारे जानी राखौँ । र, यसलाई सधैँ पालना गरौँ ।

१. सन्तुलन भोजन

घरमा पकाएको साधारण खानाले मानिसको स्वास्थ्यमा नकरात्मक असर गर्दैन । त्यसैले बाहिरको खानामा कमै मात्रमा बल गर्नुपर्छ । गर्मीको समयपनि छ पानी स्वास्थ्यका लागि आवश्यक तरल पदार्थ हो । दिनमा ५ देखि ६ लिटरसम्म पिउँदा शरीरमा ऊर्जा दिनुका साथै निरोगी बनाउन सहयोग पुर्‍याउँछ ।

२. नियमित व्यायाम

फिट रहन धेरै समय व्यायाममा समय खर्चनु पर्दैन । बिहानको समयमा १५ देखि २० मिनेट जति शरीरमा पसिना आउने गरी व्यायाम गर्नुपर्छ । स्वास्थ्यका दृष्टिकोणले नियमित व्यायाम गर्न आवश्यक पर्ने चिकित्सकहरुको सुझाव छ ।

३. चिल्लो बन्देज

अत्यधिक पिरो र अमिलो खानेकुराले शरीरमा विभिन्न समस्या उत्पन्न गराउँछ । चिल्लो पदार्थले मानिसलाई ग्यास्ट्रिक, मोटोपनलगायतका समस्या निम्ताउँछ । तारेका माछा–मासु कम मात्रमा खाँदा स्वास्थ्यका लागि बढि फाइदा हुन्छ ।

४. सकारात्मक सोच

व्यवहार र विचारमा सकारात्मक ल्याउन सकेमा कुनै पनि व्यक्ति पूर्ण रुपमा स्वस्थ रहन सक्छ । अरुसँग राम्रो व्यवहार गर्ने, संगत राम्रो गर्ने र कामबारेमा सकारात्मक तरिकाले सोच्ने गर्ने हो भने मानिसको जीवनशैलीमा स्वतः परिवर्तन आउँछ ।

५. आफ्नै लागि समय

व्यस्त जीवनशैलीले आजकाल अधिकांश मानिस डिप्रेसनतिर गइरहेको छ । काम गर्नका लागि शरीरमा ऊर्जा आवश्यक हुन्छ । यसका लागि दिमाग शान्त हुनुपर्छ । त्यसैले, हरेक व्यक्तिले कम्तीमा १५ मिनेट आफ्नै लागि समय निकाल्न जरुरी छ । हरेक दिन शान्त ठाउँमा बस्ने र ग्याजेटबाट टाढा रहने हो भने फ्रेस भइन्छ ।

६. तनावबाट टाढा

कुनै मानिस फिट र फाइन रहन खुसी हुन जरुरी छ । आफन्त र साथीभाइसँगको सम्बन्ध कस्तो छ, तनाव कत्तिको लिन्छ या लिँदैन भन्नेमा निर्भर रहन्छ । यसले मानसिकसँगै शारीरिक स्वास्थ्यमासमेत बराबर प्रभाव पारिहेको हुन्छ । त्यसैले हरेक परिस्थितिमा पनि खुसी हुने कोसिस गर्छु । परिवारसँग प्रशस्त समय बिताउनु पर्छ ।

७. पर्याप्त निद्रा

आजभोलि प्रायः मानिस राति अबेरसम्म ग्याजेट चलाउने गर्छन् । यसले स्वास्थ्यमा ठूलो असर पारिरहेको छ । राति अबेरसम्म नसुत्दा निद्रा नपुग्ने समस्या हुन्छ । अनिद्राका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । तसर्थ, प्रशस्त निदाउनु आवश्यक हुन्छ । त्यसैले, समय मिलेसम्म ६ देखि ७ घन्टा सुत्ने गर्नु पर्छ । समयमा सुत्ने र बिहान पनि छिट्टै उठ्ने गर्नुपर्छ । निद्राले समेत खुसी र स्वस्थ रहन ठूलो मद्दत गरिरहेको हुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : २४ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको