२३ राष्ट्रका वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्णसहित तीन पदक « Khabarhub

२३ राष्ट्रका वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्णसहित तीन पदक


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसमा सम्पन्न ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् ।

कूल २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले पदक जितेका हुन् । नेपालकोतर्फबाट सहभागी विभिन्न कलेजका नौ विद्यार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका हुन् ।

प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पिड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौँ मोडेल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् ।

रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौँ एशिया प्यासिफिक युवा वैज्ञानिकको अन्तरराष्ट्रिय सम्मेलन आयोजना भएको थियो । नेपाल पोलिमर इस्टिच्युट काठमाडौँको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका नौ नेपाली विद्यार्थीले प्रस्तुति दिएका थिए ।

गत महिना नेपाल पोलिमर इष्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १० : ३४ बजे

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको